site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
चलचित्र विकास बोर्डको अध्यक्षमा दयाराम दाहाल नियुक्त
Ghorahi CementGhorahi Cement

काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्ष पदमा दयाराम दाहाल नियुक्त भएका छन् । आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले दाहाललाई बोर्डको अध्यक्षमा नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए । 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दाहालसँगै भुवन केसी र राजेश थापाको नाम सिफारिस गरेको थियो । गत बिहीबार मन्त्रालयले दरखास्त दिने १० जनामध्ये तीनजनाको नाम मन्त्रिपरिषद् समक्ष सिफारिस गरेको थियो ।  

Agni Group

भुवन केसी, दयाराम दाहाल र राजेश थापासँगै भगवतीकुमारी मैनाली, सोहित मानन्धर, अर्जुनकुमार डङ्गोल, राजेन्द्रकुमार उप्रेती, ध्यानबहादुर सुब्बा, परशुराम चौधरी र दीपक श्रेष्ठले अध्यक्ष पदका लागि आवेदन दिएका थिए । १० जनाको आवेदन परेपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सह–सचिव राधिका अर्यालको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको थियो । सोही समितिले मन्त्रिपरिषद समक्ष तीनजनाको नाम सिफारिस गरेको थियो । 

गत वर्षको मंसिर २९ गते तत्कालीन बहालवाला अध्यक्ष केशव भट्टराईको निधन भएपछि खाली भएको उक्त पदका लागि मन्त्रालयले गत महिना आवेदन आह्वान गरेको थियो । ६ महिना पछि बोर्डले नेतृत्व पाएको हो । 

Global Ime bank

नवनियुक्त दाहाल बाहालवाला बोर्ड सदस्य हुन् । काभ्रेपलाञ्चोक स्थानी घर भएका दाहाल लामो समयदेखि नेपाली चलचित्र क्षेत्रमा सक्रिय छन् । स्पट व्वाइदेखि चलचित्र क्षेत्रमा प्रवेश गरेका दाहाल निर्देशक हुँदै बोर्ड सदस्यमा प्रवेश गरेका हुन् ।

उनलाई यसअघि केशव भट्टराई अध्यक्षमा नियुक्त हुँदा पनि अध्यक्षका प्रवल दावेदारका रुपमा हेरिएको थियो । तर जनपक्षिय चलचित्रकर्मी संघले भट्टराईलाई सिफारिस गरे पछि मन्त्रिपरिषदले भट्टराईलाई नै अध्यक्षमा नियुक्त गरेको थियो । 

चलचित्र विकास बोर्ड नेपाली चलचित्र क्षेत्रको सर्वोच्च संस्था हो । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ २२, २०७७  २१:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC