site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
जति अपमानित भए पनि भारतले नेपालसँग वार्ता सुरु गर्नैपर्छ : पूर्वराजदूत रञ्‍जित रे
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपालका लागि भारतीय पूर्वराजदूत रञ्‍जित रेले नेपालसँगको सीमा समस्या समाधानका लागि भारतले तत्काल वार्ताको थालनी गर्नुपर्ने बताएका छन् । 

भारतीय पत्रिका दी प्रिन्टसँगको अन्तर्वातामा उनले भनेका छन्, "नेपालसँगको सीमा समस्या गर्ने एकमात्र उपाय भनेको तत्काल नेपालसँग वार्ता सुरु गर्नुपर्छ । हामी जतिसुकै अपमानित भए पनि भारतले पुन:वार्ता सुरु गर्नैपर्छ ।"

उनले नेपालमा रहेको भारतविरोधी भावना र विकसित भइरहेको चिनियाँ कार्डलाई सिध्याउन आवश्यक रहेकोसमेत उल्लेख गरेका छन् । उनले भने, "नेपालको 'पूर्वनिर्धारित  स्थिति' भनेको कि त भारतविरोधी भावना र अर्को भनेको चिनियाँ कार्डको प्रयोग हो । यो दुवै कुरालाई नेपालबाट अन्त्य गर्नुपर्छ ।" 

Prabhu Bank
Agni Group
NIC Asia

"नेपालको तीनैतिर भारतले घेरिएको र व्यापार र अन्य विश्वको पहुँचका लागि भारतमा भर पर्नु परेको थियो," उनले थपे, "तर, भारतसँगको विवादका कारण नेपालको परराष्ट्रि नीतिको बृहत् राजनीतिक पहुँच स्थापना गरेको छ ।"

पूर्वराजदूत रेले भारतले नेपालको सामु आफूलाई 'ठूलो दाइ' भनेको तर नेपालप्रति गर्ने व्यवहार निष्पक्ष नहुँदाको परिणाम नेपालले नक्सा सार्वजनिक गरेकोसमेत उल्लेख गरेका छन् । उनले पछिल्लो समय नेपालमा चिनियाँ भूमिका बढ्दै गएको उल्लेख गर्दै भने, "नेपालसँगको व्यापार, लगानी र कनेक्टिभिटीका परियोजनासहित चीन नेपालको आन्तरिक राजनीतिमा पनि चासो बढ्दै गएको छ ।" 

Global Ime bank

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पार्टीभित्रबाट अल्पमतमा परेको स्थितिमा नेपालका लागि चिनियाँ राजदूतले प्रधानमन्त्री ओलीलाई सत्तामा टिकाइराख्‍न सक्रिय भूमिका निर्वाह गरेको आरोप लगाएका छन् । उनले भने, "प्रधानमन्त्री ओली पार्टीभित्रैबाट र विभिन्‍न मुद्दाहरुमा अलोकप्रिय भइरहेका बेला उनले चिनियाँ कार्ड प्रयोग गरेर आफ्नो सत्ता बचाएको स्पष्ट देख्‍न सकिन्छ ।" 

नेपालले २० मेमा लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नयाँ राजनीतिक र प्रशासनिक नक्सा सार्वजनिक गरेपछि भारतले उक्त नक्सा स्वीकार्य नहुने प्रतिक्रिया दिएको थियो । यसअघि ३ नभोम्बर, २०१९ मा भारतले नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेपछि नेपालले आपत्ति जनाउँदै भारतलाई वार्ताका लागि आह्वान गरेको थियो । तर, भारतले नेपालको पत्रको कुनै जवाफ पठाएन ।

कोरोना संक्रमणको महामारीसँग मुलुकहरु लडिरहेका बेला ८ मेमा भारतीय रक्षामन्त्री राजनाथ सिंहले नेपाली भूमि लिपुलेक हुँदै चीनको मानसरोवर जाने सडकको उद्घाटन गरेपछि सीमा समस्याको मुद्दा चर्किएको हो । नेपाली जनताको चर्को दबाबपछि नेपाल सरकारले आफ्नो राजनीतिक र प्रशासनिक नक्सा सार्वजनिक गरेको थियो । 

अहिले उक्त नक्सालाई वैधानिकता प्रदान गर्न नेपाल सरकारले आफ्नो निशान छाप परिवर्तनका लागि संविधान संशोधन प्रस्ताव दर्ता गराएको छ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ २२, २०७७  १५:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC