site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
अमेरिकाबाट ५ सय नेपालीको नाम परराष्ट्र मन्त्रालयमा, स्पष्ट खाका आउन ढिलाइ
Sarbottam CementSarbottam Cement

बस्टन, अमेरिका   । कोरोना भाइरस रोग (कोभिड १९) नियन्त्रण गर्न गरिएको लकडाउनका कारण नेपाल फर्किन नपाएका अमेरिकास्थित नेपाली नागरिकहरूको नाम परराष्ट्र मन्त्रालयमा पुगेको छ । अमेरिकाका लागि नेपाली राजदूत अर्जुनकुमार कार्कीले पहिलो चरणमा पाँच सयजना नेपालीको नाम पठाएको जानकारी बाह्रखरीलाई दिए । “नेपाल सरकारको परराष्ट्र मन्त्रालयले केही दिनभित्रै कुन एजेन्सीबाट वा कुन एयरलाइन्सबाट नेपालीहरू पठाउने भनेर विस्तृत योजना आउन बाँकी नै छ,” राजदूत कार्कीले भने, “एक–दुई दिनभित्रै यो विषयमा सम्बोधन हुने अपेक्षा गरेका छौं ।”

फर्केर जान कोभिड १९ का कारण नेपालमा अलपत्र परेका आफ्ना नागरिक तथा पर्मानेन्ट रेसिडेन्टलाई अमेरिकाले पटकपटक विमान चार्टर गरेर अमेरिका ल्याइसकेको छ । “चार्टर गरेर आएका जहाज त्यत्तिकै फर्कने गरेका छन् । यदि राम्रोसँग नेगोसिएसन गर्ने हो भने त्यसरी आफ्ना नागरिक ओसार्ने विमानमा नेपाली नागरिकलाई सस्तो मूल्यमा पठाउन सकिने हुनसक्छ,” गैरआवासीय नेपाली संघ अमेरिका (एनआरएनए) का वरिष्ठ उपाध्यक्ष अर्जुन बन्जाडेले भने । 

नेपाल लैजानका लागि नेपाल सरकारको मन्त्रिपरिषद् निर्णयले पर्यटक भिसामा आएका, भिसा सकिएका, विद्यार्थी, कोभिडबाहेक सिकिस्त बिरामी, गर्भवती, वृद्ध, सरकारी कामको सिलसिलामा आएका नेपालीलाई प्राथमिकतामा राखेको दूतावासका आर्थिक काउन्सिलर होमकान्त भण्डारीले बताए । तर अमेरिकी नागरिकता लिइसकेका र यहाँको ग्रिनकार्ड लिइसकेका नेपालीहरू यदि अत्यावश्यकीय कामका लागि नेपाल फर्कन चाहे त्यसका लागि स्पष्ट प्रावधान सरकारले ल्याएको छैन । भण्डारीका अनुसार दूतावासको प्राविधिक समूहले आठ सयको संख्यामा नेपाल जान चाहने व्यक्तिको सूची तथा विवरण दर्ता गरेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

होटेल र सरकारी क्वारेन्टाइनको आलोचना

विदेशमा बस्ने नेपालीलाई स्वदेश ल्याउन सहजीकरण गर्नेसम्बन्धी कार्ययोजनाका कतिपय व्यवस्था अव्यवहारिक र अनुचित भएको भन्दै आलोचना हुन थालेको छ । कोरोनाको ल्याब जाँच परिणाम, सरकारी क्वारेन्टाइनमा बस्नुपर्ने वा आफ्नै खर्चमा होटेलमा बस्नुपर्नेजस्ता नियम अव्यवहारिक भएको एनआरएनका वरिष्ठ उपाध्यक्ष बन्जाडेले बताए । “यस्तो नियमले सरकारी ढुकुटीलाई भार पर्ने र नागरिकलाई पनि कष्ट हुने देखिन्छ,” बन्जाडेले भने, “अमेरिकाजस्तो साधन सम्पन्न मुलुकले पनि क्वारेन्टाइन र होटलको बाध्यकारी नियम लादेको छैन । बन्जाडेका अनुसार घरमै क्वारेन्टाइनको व्यवस्था गर्ने भयो भने सबभन्दा प्रभावकारी हुन्छ । 

Global Ime bank

कथा–व्यथा उस्तै 

चीनको वुहानमा कोरोना भाइरसको वितन्डा मच्चिँदै गर्दा नेपालले आफ्ना नागरिकलाई नेपाल एयरलाइन्सको चार्टर गरिएको विमानमा नेपाल ल्याइ भक्तपुरमा १५ दिन क्वारेन्टाइनमा राखेको थियो । नेपालमै रहेका अमेरिकी नागरिक र अमेरिकाका ग्रिनकार्डधारीलाई अमेरिकी सरकारले पटक–पटक विमान चार्टर गरेर अमेरिका ल्याएकै हो । तर अमेरिकामा विभिन्न काम विशेषले आएका नेपालीहरूलाई आफ्नो देशमा ल्याइदिन धेरै आग्रह गर्दा पनि अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन । सरकारको सुस्त गतिका कारण यहाँ रहेका नेपाली नागरिकहरूले अपहेलित महसुस गरेका छन् । 

स्थायी बासिन्दाका विभिन्न प्रयोजनका लागि छोटो समय लिएर अमेरिका आएका व्यक्तिहरू पनि कोरोना भाइरसको बन्दाबन्दीबाट नियमित अन्तर्र्राष्ट्रिय उडानहरू बन्द भएपछि अमेरिकामै अड्किएका छन् । यसरी अमेरिकामा अड्किएका नेपालीहरूमा अधिकांश पर्यटक विमान विटु भिसामा आएकाहरू, पढाइसकिएका नेपाली विद्यार्थीहरू, कार्यक्रममा भाग लिन आएका नेपाली प्रतिनिधिहरू तथा सरकारी कर्मचारीहरू एवं प्रदर्शनी तथा व्यापारिक भेटघाटका लागि आएका व्यवसायीहरू छन् । अमेरिकामा अन्य विभिन्न देशले आफ्ना नागरिक लगिसक्दा पनि नेपालले पनि अहिलेसम्म स्पष्ट खाका ल्याउन सकेको छैन । नेपाली दूतावासले नेपाल जान चाहनेको विवरण संकलन एनआरएनएको समन्वयमा निकै अगाडिदेखि गरेको हो । तर सरकारले खाडी मुलुकमा रहेका नेपालीलाई नभित्र्याइ अमेरिकामा रहेका नेपाली नागरिक ल्याउनुहुन्न भन्नेजस्तो मानसिकता पालेर बसेको आरोप छ ।

पोखराका नेपाली व्यवसायी शान्तराज बतास कन एक्सपो २०२० मा भाग लिन अमेरिकाको लास भेगासमा आए । कार्यक्रममा भाग लिन आएको दिनमै उक्त एक्सपो कोभिड १९का कारण बन्द हुन पुग्यो । चार दिनसम्म चल्ने भनिएका उक्त कार्यक्रम तीन दिनसम्म त चल्यो तर चौथो दिनको कार्यक्रमबाट एक्सपो स्थगित भयो– कोभिड १९ का कारण । त्यसपछि बतास अहिलेसम्म नेपाल जान पाएका छैनन् । नेपाल सरकारले आफ्ना नागरिक आफ्नो देश फर्काउने कुरामा आश्चर्यजनक ढिलाइ गरेको बतासको भनाइ छ । उनी पनि होटलमा आफ्नै खर्चमा बस्नुपर्ने वा सरकारले व्यवस्था गरेको क्वारेन्टाइन स्थलमा बस्नुपर्ने नियम व्यवहारिक नरहेको बताउँछन् । थप्छन्, “यस्ता नियमले सरकारलाई अनावश्यक आर्थिक व्यवभार त थप्छ नै नागरिकलाई पनि झन्झट र जोखिम थपेको छ ।” व्यवसायी बतास प्लेन भाडा अहिलेका समयमा एकदमै बढेकाले त्यसको समाधानको लागि दुई साताको लागि मात्र भए पनि व्यावसायिक उडान खुलाउनुपर्ने बताउँछन् । 

आफ्ना छोरा–बुहारी भेट्न केही महिनाका लागि म्यासाच्युसेट्को माल्देनमा आएका तीनकुनेका शिवराज घिमिरे र उनकी पत्नीको नेपाल फर्किने टिकट वैशाखको तेस्रो सातामा थियो । कोभिड १९ को बन्दाबन्दी र अन्तर्राष्ट्रिय उडान बन्दले गर्दा उनी थप समय बस्न बाध्य छन् । “कहिले फर्किने भन्ने अनिश्चित भयो,” घिमिरे भन्छन्, “छोराको परिवारसँग बस्न पाएका छौं चिन्ता त छैन तर हाम्रो जस्तै परिस्थिति सबैको हुँदैन ।” घिमिरेकी पत्नीले तीन महिनाका लागि मात्र पुग्ने मधुमेहको औषधि लिएर आएकी थिइन् । “औषधि सकिनै लागेको थियो कसरी व्यवस्था गर्ने होला भन्ने ठूलो चिन्ता थियो,” घिमिरेले थपे, “धन्य डीएचएलको कुरियर सेवा भने चल्नेरहेछ र नेपालबाट औषधि मगाउन सफल भयौं ।” 

नेपालमा हुँदा स्वास्थ क्षेत्रमा लामो समय सेवा गरेका घिमिरेलाई सरकारको क्वारेन्टाइन योजना र होटलको बाध्यकारी नियम उचित लागेको छैन । “क्वारेन्टाइनको प्रभावकारी पालना घरमा जस्तो बाहिर हुँदैन,” घिमिरे थप्छन्, “सामूहिक रूपमा गरिएका क्वारेन्टाइनले त झन् स्वस्थ व्यक्तिलाई पनि रोग फैलिने सम्भावना हुन्छ ।” 

पटकपटक फाराम भर्नुपर्ने

नेपाल जान चाहनेहरूले नेपाली दूतावासको वेबसाइटमा पटक–पटक आफ्नो विवरण भर्दा–भर्दा दिक्क भएका छन् । केही समयअगाडि एकथरी फाराम भर्नुपरेको थियो, अहिले अर्कै फाराम भर्नुपरेको छ, आक्रोशित हुँदै एक नेपाली भन्छन् । 

कति बस्नु साथीभाइकोमा 

केही साताका लागि मात्र अमेरिका आउनेहरू र कार्यक्रमका लागि आएकाहरूलाई अहिले एउटा ठूलो व्यवहारिक समस्या आइपरेको छ । उनीहरू साथीभाइकोमा थुप्रै दिन बस्दा अफ्ठ्यारो र व्यवहारिक कठिनाइ भएको बताउँछन् । न्युयोर्कमा एउटा साथीको अपार्टमेन्टमा बस्दै आएका सूर्य बुढाथोकी (नाम परिवर्तन) भन्छन्, “हामीलाई साह्रै गाह्रो भइसक्यो । पाहुना लाग्न पनि दुई–तीन दिन पो हुन्छ, म त यहाँ पाहुना लागेको दुई महिनाभन्दा बढी भइसक्यो ।”
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ २२, २०७७  १३:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC