site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

सरकारका तर्फबाट बिगार्न सक्नेजति स्थिति बिगारेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञहरूसँग कोभिड..१९ का बारेमा परामर्श गरेछन् । ‘आग लागी झुपडी डेढधडी भद्रा’ । विज्ञहरूले जे परामर्श दिए पनि प्रधानमन्त्री ओलीले सुन्ने मान्ने सम्भावना अत्यन्त कम छ । विज्ञहरूले अहिलेको अवस्थामा बन्दाबन्दी खुकुलो बनाउने र परीक्षण तथा सम्पर्क पहिचानको दायरा र गति बढाउने सुझाव दिए । सरकार भने स्वास्थ्य संकटको घोषणा गरेर थप कडाइ गर्ने तयारीमा लागेको समाचार आएको छ । कोभिड–१९का कारणले भन्दा अरू नै रोग र भोकले धेरै जनाको ज्यान लिइसकेको छ । अर्थतन्त्र लभगभ ध्वस्त भइसकेको छ । देशभरका जनताको मानसिक, शारीरिक, सामाजिक र आर्थिक जीवनमा बन्दाबन्दीले पारेको प्रभाव भयावह हुने देखिएको छ । अर्थात्, शासकहरूको नियतमा शंका नगर्ने हो भने पनि भन्नुपर्ने हुन्छ – यो त विश्व महाव्याधि पो हो त ! 

गत वर्षको मंसिर महिनामा चीनको वुहान सहरमा देखिएको कोरोनाभाइरसको संक्रमणलाई सुरुमा चीन सरकारले ढाकछोप गर्न थाल्यो । महामारीबारे विश्वले थाहा पाउनेबित्तिकै नेपालमा तयारी गरिएको भए अहिलेको भयावह अवस्थाबाट जोगिन सकिन्थ्यो । तर, स्वास्थ्य तथा जनसंख्यामन्त्रीले संसद्मै नेपालमा कोरोनाभाइरसबाट डराउनु पर्ने अवस्था नभएको भनेर ठोकुवा गरे । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री त कोरोनाभाइरसले भित्रिइसक्ता पनि नेपाललाई कोरोना फ्री’ मुलुक भनेर प्रचार गर्ने गुड्डी हाँक्तै थिए । अर्थात्, सरकारले देशमा कोरोनाभाइरसको महामारी फैलनसक्छ भन्ने स्वीकारै गरेन । विश्व स्वास्थ्य संगठनले चेतावनी दिएपछि नेपालमा केही हलचल त देखियो परन्तु खासै केही नगरी करिब दुई साता बिताइयो । सरकारको अकर्मण्यता मूर्खतामात्र जस्तो देखिएको तर त्यो त भ्रष्टाचारको बदनियतले गरिएको अलमलको नाटक रहेछ । ओम्नी प्रकरणले सरकारको भ्रष्ट नियतको पोल खुल्यो । त्यही अकर्मण्यता र बदनियतले मुलुकलाई भयावह महामारीको जोखिममा पुर्‍याएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

बन्दाबन्दीको समय प्रधानमन्त्रीले पार्टी फुटाउन अध्यादेश जारी गराउनेदेखि ‘सांसद अपहरण’ गराउनमा बिताए भने सत्तारुढ दलका अर्का अध्यक्षको नेतृत्वमा अरू नेता प्रधानमन्त्री हटाउने चटक देखाउन लागे । त्यस अवधिमा न क्वारेन्टिनको व्यवस्थामा ध्यान दिइयो न परीक्षणलाई व्यापक बनाउनै खोजियो । अब भारत र तेस्रो मुलुकहरूबाट पनि फर्कनेहरूको ओइरो लागिसकेको छ । संक्रमण गाउँगाउँसम्म फैलेको छ । तर क्वारेन्टिन, परीक्षण र उपचारको प्रबन्ध कतै पनि छैन भने हुने अवस्था छ । सरकार भने बाहिरबाट काठमाडौं जान भाँजो हालेर मुलुकलाई बेवारिसे अवस्थामा छाड्ने मनःस्थितिमा देखिएको छ । काठमाडौंवासी पनि बन्दाबन्दीबाट आजित भएर अवज्ञा गर्ने अवस्थामा पुगेका छन् । यस्तोमा भौतिक दूरी र व्यक्तिगत सुरक्षासमेत उपेक्षा गर्न थालिएको छ । गरिबहरू त कोभिड–१९ बाट बरु बाँच्न सक्ने तर भोकले मर्ने स्थिति देखिएको छ । महाव्याधिलाई पैसा कमाउने र विपक्षी दबाउने मौका बनाएर सरकारले ठूलो घात गरेको छ । तर, देशै भड्कालोमा पर्यो भने शासकहरूमात्र जोगिँदैनन् भन्ने तथ्य भने बिर्सेजस्तो छ । सबैले सबैतिरबाट शासकहरूलाई सम्झाउनु जरुरी छ – यो विश्व महाव्याधि पो हो त !  

   

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ २२, २०७७  १२:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC