site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
रिपोर्ट नआउँदै घर पठाइए, पछि आधा बाटोबाटै फर्काइए
Sarbottam CementSarbottam Cement

पोखरा । प्रदेश स्वास्थ्य निर्देशनालय र जिल्ला स्वास्थ्य कार्यालयको मिस कम्युनिकेसनका कारण पर्वतका कोरोना संक्रमित गाउँ छिर्नबाट मुस्किलले बचेका छन् ।

पर्वतमा बिहीबार विहादी गाउँपालिकाका दुईजना र फलेवास नगरपालिकाका दुईसहित थप चारजनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै, गत मंगलबार फलेवास नगरपालिका २ र महाशीला गाउँपालिकाका तीनजनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

गत शनिबार ४१ जनाको स्वाब संकलन गरिएको थियो । तीमध्ये २२ जनाको रिपोर्ट मंगलबार आयो । मंगलबारको रिपोर्टमा पाँचजना संक्रमित भएको पुष्टि भएको थियो । बाँकी १९ जनाको भने रिपोर्ट आएको थिएन । तर, पाँचजनामा कोरोना पुष्टि भएपछि बाँकी ३६ जनाको नेगेटिभ आएको भन्ने बुझाइ स्वास्थ्य कार्यालयको रह्योे ।

Prabhu Bank
Agni Group
NIC Asia

त्यसपछि स्वास्थ्य कार्यालयकै रोहवरमा कुश्मास्थित होटल वन्दना र ब्लु एञ्जलमा क्वारेन्टाइनमा राखिएका व्यक्तिलाई जीप चढाएर गाउँ पठाइयो । प्रहरी र स्वास्थ्यका कर्मचारीले ३२ जनालाई घर फर्काएको थियो । 
तर, पछि स्वाब लिइएका सबैको रिपोर्ट आइनसकेको भन्ने पुष्टि भयो । स्वास्थ्य कार्यालयले घर पठाएका ३२ जनालाई आधा बाटो बाटै पुनः कुश्मा फर्काएर क्वारेन्टाइनमा राखियो । रिपोर्ट आउन बाँकी रहेकैमध्येबाट बिहिबार थप ४ जनामा कोरोना संक्रमण पुष्टि भयो । 

बिहादीका ११, फलेवासका ८, कुश्माका ६, महाशिला र पैंयुका ३÷३ जना र मोदीका एकजना घर जाने सूचीमा थिए । सबैलाई पठाउने तयारी भए पनि स्वाब परीक्षण नभएकालाई पनि घर पठाएको गुनासो आएपछि उनीहरूलाई मल्याङ्दीखोलाबाट फर्काइएको थियो ।

Global Ime bank

यता, जिल्ला अस्पताल पर्वतका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. शिशिर देवकोटाले मिस कम्युनिकेसनका कारण यस्तो घटना भएको बताउँछन् ।

“प्रदेशका ५ जनाको पोजेटिभ आयो भनेर मेल आयो । हामीले कुल ४१ जनाको स्वाब संकलन गरेका थियौँ । ५ जनाको पोजेटिभ आएपछि बाँकीको नेगेटिभ आएछ भन्ने सोच्यौँ । भोलिपल्ट मैले सम्पर्क गर्दा २२ जनाको परिक्षण गरिएको र अन्य बाँकी रहेकोे भन्ने जानकारी भयो । हामीले गाउँ फर्काएका अन्य व्यक्तिलाई तुरुन्तै फर्कायौँ । यो सामान्य मानवीय गल्ती भएको हो । पहिले एकमुष्ट आउँथ्यो । हामीले ४१ जना मध्ये थाहा नपाएको भन्ने भयो ।” उनले भने ।

बिहीबार पुष्टि भएका चार जनासहित गत शनिबार स्वाब लिइएका सबैको रिपोर्ट आएको उनले बताए । उनी जिल्लास्थित कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) का सदस्य–सचिव समेत हुन । “अब, ४१ मध्ये बाँकी १९ जनाको पनि रिपोर्ट आएको छ । आज आएको रिपोर्टमा ४ जनामा संक्रमण पुष्टि भएको छ भने अन्यको नेगेटिभ आएको छ ।” उनले भने ।

यस्तै पर्वतमा नौजना कोरोना संक्रमित भए पनि ११ जनालाई कोरोना विशेष अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ । एउटै होटेल, क्लोज रुममा बसेका कारण संक्रमण पुष्टि नभएका दुई जनालाई पनि आइसोलेसनमा राख्नुपरेको डा. देवकोटाको भनाइ छ ।

“संक्रमण नभएकालाई पनि आइसोलेसनमा राखिएको छ । एउटै कोठामा ५÷६ दिन सँगै बसेको, क्लोज रुम छ । एउटै कोठामा बसेको छ, सँगै छन, भनेपछि उच्च जोखिममा रहेको भन्दै आइसोलेसनमा राखेका हौँ । गुप्तेश्वर बहुमुखी क्याम्पसमा बनाइएको कोरोना विशेष अस्पतालको बाहिरपट्टिको कोठामा राखेका छौँ । मंगलबार भेटिएका पाँच जनासहित अहिले ११ जनालाई आइसोलेसनमा राखेका छौँ । तीमध्ये २ जना उच्च जोखिममा हुनुहुन्छ । नौ जनाचाहिँ संक्रमित हुनुहुन्छ,” उनले भने ।

अहिले पर्वतमा भारतबाट आएका १२९ जनाको स्वाब परिक्षण गर्न बाँकी छ । दुई होटेलसहित सदरमुकाम कुश्मास्थित शिवालय माविलाई क्वारेन्टाइन बनाइएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ २२, २०७७  ११:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC