प्रवास
काठमाडौं । साउदी अरबबाट नेपाल फर्कन चाहने नेपाली श्रमिकसँग रियादस्थित नेपाली दूतावासले थप विवरण उपलब्ध गराउन अनुरोध गरेको छ ।
कोरोना संक्रमणका कारण समस्यामा परी दूतावासमा विवरण भरेका नेपालीहरुलाई प्राथमिकताका आधारमा स्वदेश फर्कने व्यवस्था मिलाइन लागिएको दूतावासले जनाएको छ ।
नेपाल फर्कनको लागि त्यसको लागि म्याद भएको बहिर्गमन भिसा, राहदानीको कपि, विरामी भएकाहरुले चिकित्सकको प्रमाणपत्र, औषधीको प्रेस्कृप्सन, आफन्तको मृत्यु भई काजक्रियाका लागि नेपाल जानुपर्नेको हकमा कारण सहितको स्वघोषणा, नेपाल जानुपर्ने विद्यार्थीहरुको अध्ययन सकिएको वा विदा आदिको कागजात दूतावासका बुझाउन आग्रह गरेको छ ।
प्रकाशित मिति: बुधबार, जेठ २१, २०७७ २१:४०
प्रतिक्रिया दिनुहोस्