site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

अर्को जिल्लाबाट बजारमा बेच्न लगिएको तरकारी स्थानीय तहका प्रतिनिधि र सरकारी कर्मचारीकै अगुवाइमा कोरोनाभाइरस नियन्त्रणका नाममा नष्ट गरिएका मूर्खतापूर्ण घटना सार्वजनिक भएका छन् । यस्तै देखेर चितवनलगायत विभिन्न जिल्लाका किसानले लहलहाउँदो तरकारी खेतमै जोतेर नष्ट गरेको हुनुपर्छ । अर्घाखाँचीको सन्धिखर्कमा कपिलवस्तुबाट विक्रीका लागि लगिएको तरकारी स्थानीय प्रशासनको हस्तक्षेपपछि नष्ट गरियो भने कास्कीको पोखरा महानगरपालिकामा पनि काभ्रे र चितवनबाट लगिएको तरकारी खाडलमा पुरेर नष्ट गरियो । विडम्बना, तरकारीबाट कोरोनाभाइरसको संक्रमण हुने अहिलेसम्म पुष्टि भएको छैन । दुर्भाग्य, कास्की र अर्घाखाँची दुवै जिल्लामा स्थानीय तह र जिल्ला प्रशासनका प्रतिनिधि सम्मिलित बैठकले नै बाहिरबाट तरकारी ल्याउन नदिने निर्णय गरेको रहेछ । भारतबाट भने नेपालमा तरकारी निर्बाध आयात भइरहेको छ ।  

‘‘पोहोर मूल्य पाइएन यस वर्ष त बेच्नै पाइएन’’ बारीको तरकारी मल बनाउन लागेको चितवनका किसानको यस भनाइले नेपालका किसानहरूको प्रतिनिधित्व गर्छ । तर, तिनै किसानको प्रतिनिधित्व गर्नेहरूले भने यस अभिव्यक्तिको मर्म कहिल्यै बुझेनन् । गएको वर्षसम्म नबिके पनि, मूल्य नपाए पनि सरकारसँग किसानको धेरै गुनासो हुँदैनथियो । कहिले समयलाई कहिले भाग्यलाई दोष दिन्थे । यो सरकारको अविवेक निकै भयावहरूपमा प्रकट भएको छ । हिउँदे तरकारी उत्पादन हुने बेलामा कोरोनाभाइरसको संक्रमणले संसारलाई नै आक्रान्त बनायो । संक्रमण रोक्न विश्वभरजस्तै नेपालमा पनि बन्दाबन्दी (लकडाउन) को विधि अपनाइयो । तर, अरू धेरै मुलुकमा बन्दाबन्दीले मर्का गरेका किसान, उद्यमी, व्यापारीलगायत सबैलाई राज्यले सहायता गरेकाले जीवन अपेक्षाकृत सहज भयो भने नेपालको सरकार तमासा हेरेर बसेको छ ।

भोकै सडकमा मर्दा वा राज्यकै क्वारेन्टिनमा विनाउपचार मर्दा वा मरेको केही दिनपछि मात्र कोरोनाभाइरस परीक्षणको नतिजा सुनाइँदासम्म पनि नेपाली जनताले सहेर बसेका छन् । तर, अब त अति हुँदैछ । केन्द्र सरकारको संवेदनहीन मूर्खताले नेपाली जनता कोरोनाभाइरसले भन्दा बढी उत्पीडित त भएकै छन् । स्थानीय तह र प्रशासनमा रहेकाहरूको मूर्खताले  पीडा थपिदिएको छ । सरकारकै कृषि तथा पशुपंक्षी मन्त्रालयले सूचना नै जारी गरेर कृषि उपज नष्ट नगर्न भनेको छ । हुन पनि तरकारीबाट कोरोनाभाइरस सर्ने अहिलेसम्म पुष्टि भएको छैन । यसैले बाहिरबाट तरकारी ल्याउन नदिने निर्णय मूर्खता हो भने नष्ट गर्ने कार्य अपराध हो । यसबाट नागरिकको व्यवसाय गर्ने र सम्पत्तिको हक हनन भएको छ । यसैले पोखरा र सन्धिखर्कमा तरकारी नष्ट गर्ने अविवेकी जनप्रतिनिधि र कर्मचारीलाई कारबाही गरेर उनीहरूबाट नष्ट भएको बिगो असुल गरी सम्बन्धित व्यक्तिलाई दिलाउनुपर्छ । नत्र, कृषि तथा पशुपंक्षी मन्त्रालय पनि यस मूर्खतापूर्ण अपराधको मतियार ठहरिनेछ र यस्तो मूर्खतापूर्ण अपराध अन्यत्र पनि दोहोरिनेछ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ २१, २०७७  १४:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC