site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
२८८ कोरोना संक्रमित थपिए, कुल संक्रमितको संख्या दुई हजार ९९
Sarbottam CementSarbottam Cement

काठमाडौं । नोभेल कोरोना भाइरसका २८८ संक्रमित थपिएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार २८८ कोरोना संक्रमित थपिएका छन् । मंगलबार थपिएका कोरोना संक्रमितमध्ये २७० पुरुष रहेका छन् भने १८ जना महिला रहेका छन् ।

उनका अनुसार धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ३८ जनाको रिपोर्ट पोजेटिभ आएको छ । उनीहरु सबै रौतहटका जिल्लाका परोहा, गौर, राजदेवी नगरपालिका र यमुनामाई गाउँपालिका  रहेका छन् । जसमा एक जना ८ वर्षीया बालिकासहित १३ देखि ६० वर्षका अन्य पुरुष छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

पोखरा जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा १० जनामा कोरोना पोजेटिभ देखिएको छ । स्याङ्जा चापाकोटका ५ जना क्वारेन्टाइनमा रहेका पुरुष रहेका छन् । उनीहरु १० देखि ४० वर्षका रहेका छन् । फलेबास महाशिला क्वारेन्टाइनमा रहेका ५ जना रहेका छन् । उनीहरु ९ देखि ४० वर्ष उमेर समुहका पुरुष रहेका छन् ।

विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा एक जना सप्तरी रामगण्डका २० वर्षका पुरुषमा कोरोना पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ ।

Global Ime bank

भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा २० जनामा कोरोना पोजेटिभ देखिएको छ । जसमा बर्दिया गुलेरियाका ३ जना २० देखि ३४ वर्षका पुरुष,बाँके खजुरा नगरपालिका नरैनापुर र राप्ति सुनारी  गाउँपालिका १७ जना पुरुष रहेका छन् उनीहरु १७ देखि ४५ वर्ष उमेर समुहका रहेका छन् ।

त्यसैगरी, सुर्खेतको प्रयोगशालामा गरिएको परीक्षणमा ६४ जनाको कोरोना पोजेटिभ देखिएको छ । जसमा सुर्खेत विरेन्द्रनगर,लेकवेसी ,कञ्चपुरी र भेरीगंगाका २७ जना रहेका छन् । जसमा ८ वर्षकी बालिकासहित २ महिला र ४ वर्षका बालक सहित ६१ वर्षसम्मका २४ जना पुरुष रहेका छन् ।

दैलेखको नारायण नगपालिका,चामुन्डाबिन्दा र नौमुले गाउँपालिका ९ जनाको कोरोना पोजेटिभ देखिएको छ । उनीहरु १७ देखि ३१ वर्ष उमेरका पुरुष रहेका छन् यस्तै,सल्यानमा थप १८ जनाको रिपोर्ट पोजेटिभ आएको छ । वनगाड कुपिण्डे नगरपालिका र दार्मा गाउँपालिकाका उनीहरु १७ देखि ५० वर्ष पुरुष रहेका छन् । अछाम मंगलसेन नगरपालिका र चौरपाटीका १० जना संक्रमित थपिएका छन् । उनीहरु २७ र ३० वर्षका दुई महिला रहेका छन् भने अन्य २२ देखि ४० वर्षका पुरुष रहेका छन् ।

हेटौडा किटजन्य रोग केन्द्रमा गरिएको परीक्षणमा १ जनामा बारा देवतालाका १८ वर्षका पुरुषमा कोरोना पोजेटिभ देखिएको छ ।

राप्ति स्वास्थ्य विज्ञानप्रतिष्ठानमा गरिएको परीक्षणमा दाङ बंगलाचुली नगरपालिका ,राप्ति गाउँपालिका र घोराही उपमहानगरपालिका १७ जनामा कोरोना पोजेटिभ आएको छ । ११ बर्षकी बालिकासहित ४५ वर्षसम्मका २ महिला रहेका छन् । भने १८ देखि ५५ वर्षका १४ जना पुरुष रहेका छन् । स्र्वगद्धारी नगरपालिका प्युठानका एक जना ५९ वर्षका पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ । यो जिल्ला थप नयाँ थपिएको छ ।

सेती अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा १८ जनामा कोरोना पोजेटिभ आएको छ । जसमा  पुर्नवास नगरपालिका  १० जनामध्ये पुर्नवासको क्वारेन्टाइनमा रहेका ८ जना पुरुष रहेका छन् । उनीहरु २८ देखि ५० वर्षका पुरुष रहेका छन् ।

कैलालीको टिकापुर नगपालिका र गौरिगंगा गाउपालिका,राजिवपुर क्वारेन्टाइनमा रहेका १० जना रहेका छन् । उनीहरु १८ वर्षकी एक महिला देखिएको छ ।भने  अन्य ९ जना २० देखि ६५ वर्ष उमेर समुहका पुरुष रहेका छन् ।

यसैगरी, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा १ सय १८ जनाको कोरोना पोजेटिभ देखिएको छ । जसमा हंशपुर,धैवकीगंगगुली ६ जना पुरुष १५ देखि ५४ वर्षका पुरुष रहेका छन् । महोत्तरीमा रामगोपालपुरका  दुई जना २४ र ४५ वर्षका पुरुष रहेका छन्। रौतहट ३६ जनामा संक्रमण देखिएको छ । उनीहरु परोहा, राजदेवी नगरपालिका र दुर्गाभगवती गाउँपालिकाको क्वारेन्टिनमा छन् र १२ देखि ४८ वर्षका पुरुष हुन् ।

यसैगरी,सर्लाहीका २१ मा जना बलरा नगरपालिका र ब्रम्हपुरी गाउँपालिकाको क्वारेन्टाइनमा रहेका उनीहरु १३ देखि ४० वर्षका पुरुष हुन् ।

सिराहाको सूर्यनारायण सत्यनारायण मरबैता यादव बहुमुखी क्याम्पसको क्वारेन्टिनमा रहेका १७ जनाको रिपोर्ट पोजेटिभ आएको छ । उनीहरु १६ देखि ४२ वर्षका छन् ।
भक्तपुर चागुनारायणकी एक ३० वर्षीया महिलामा कोरोना संक्रमण देखिएको छ ।

त्यसैगरी, धादिङकी २३ वर्षकी महिलामा पनि कोरोना पुष्टि भएको छ । कपिलवस्तु चरौटाका १६ जनामा कोरोना संक्रमण देखिएको छ । जसमा १७ देखि ४१ वर्षका तीन जना महिला र अन्य १७ वर्षदेखि ४८ वर्षका पुरुष रहेका छन् । काठमाडौ मेडिकल कलेजका ४ जनामा कोरोना संक्रमण देखिएको छ । उनीहरु  २४ देखि ३२ वर्षका महिला र २८ वर्षका पुरुष रहेका छन् । 

उनीहरु स्वास्थ्यकर्मी रहेको मन्त्रालयले जनाएको छ ।

नवलपरासी पुर्वका १६ वर्षका एक पुरुष र नवलपरासी पश्चिमका रामग्रामका२२ वर्षका पुरुष,नुवाकोटका १७ र ३२ वर्षका दुई पुरुषमा पनि कोरोना देखिएको छ ।
रुपन्देही सैयानामैनाका १० जनामा कोरोना पुष्टि भएको छ । उनीहरु १५ देखि ५१ वर्ष उमेर समुहका पुरुष रहेका छन् ।

हालसम्म कुल कोरोना संक्रमितको संख्या २ हजार ९९ पुगेको मन्त्रालयका प्रवक्ता डा. देवकोटाले जानकारी दिए । कोरोना देखिने पुरुषको संख्या १ हजार ९४९ जना र महिला १५० जना रहेका उनले जानकारी दिए  । 

सोमबार कोरोना भाइरसको संक्रमण २४४ जनामा देखिएको थियो भने आज थप ४४ जना बढीमा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आज थप दुई जिल्लामा कोरोना संक्रमण देखिएको छ । जसमा प्युठान र पर्वत रहेका छन् । कुल कोरोना देखिने जिल्ला ६१ पुगेको छ ।

हालसम्म देशभरका ७७ मध्ये ६१ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ । हालसम्म कुल कोरोना संक्रमितको संख्या दुई हजार ९९ पुगेको छ। 

पछिल्लो समयमा कोरोना भाइरस जित्नेको संख्या ४५ जना रहेको छ ।  देशभरका विभिन्‍न जिल्लाबाट २६६ जना कोरोना संक्रमितको उपचारपछि डिस्चार्ज गरिएका छन् । जसमा २१२ पुरुष रहेका छन् भने ५४ जना महिला रहेका छन् ।
 
हालसम्म देशभरका क्‍वारेन्टाइनमा एक लाख ४५ हजार ३७५ मानिसहरु रहेका छन् । क्‍वारेन्टाइनमा रहेका धेरै मानिसहरु भारतबाट आएका रहेका छन् ।

हालसम्म देशभर एक हजार ८२५ जना कोरोना संक्रमितहरुको आइसोलेसनमा राखेर उपचार भइरहेको छ ।

७५ हजार ३४३ को पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ । त्यसैगरी १ लाख १६ हजर ३४५ जनाको आरडीटी परीक्षण गरिएको छ । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २०, २०७७  १६:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC