site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

भारतले केही दशकदेखि अवैध कब्जा गरेको कालापानी क्षेत्रको नेपाली भूभाग समेटेर नेपाल सरकारले हालै नेपालको पुरानो नक्सा पुनः जारी गरेको छ । फलस्वरूप, नेपालको निसान छापमा रहेको देशको नक्साको चिह्न सच्याउन संविधान संशोधन गर्नुपर्ने भयो । त्यसका लागि संसद्मा संविधान संशोधन विधेयक दर्ता गरिएको छ । संविधान संशोधनका लागि संसद्मा दुई तिहाइ बहुमतको समर्थन चाहिने व्यवस्था छ । सत्तारुढ दलसँग मात्रै दुई तिहाइ बहुमत छैन । प्रस्ताव पारित हुनैका लागि पनि सरकारलाई अरू दलको समर्थन आवश्यक हुन्छ । त्यसमाथि प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनलाई सर्वसम्मत बनाउन सबै दलहरूलाई सहयोग गर्न आग्रह गरेका छन् । संसद्को प्रमुख विपक्षी दल नेपाली कांग्रेसले केन्द्रीय समितिबाट निर्णय गरेर संविधान संशोधन विधेयकमा प्रस्तावका पक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई निर्देशन दिइसकेको छ । यसैले अब प्रस्ताव पारित हुनेमा कुनै सन्देह रहेन । तर, यति नै बेला हालै मधेसी दलहरूका तर्फबाट पनि विभिन्न विषय समेटेर संविधान संशोधन प्रस्ताव दर्ता गरिएको छ । अर्थात्, भारतले अतिक्रमण गरेको सीमाको नक्सा सच्याउने प्रस्तावलाई समेत तिनले मोलतोलको विषय बनाए । 

तराईवासी नेपालीको देशभक्तिमा महेन्द्रपथका मण्डलेबाहेह अरूले सन्देह गर्दैनन् । इतिहासले पटकपटक सिद्ध गरिसकेको छ मधेसी भनिने तराईवासीहरू कुनै पनि भूखण्डका नेपालीभन्दा कम देशभक्त छैनन् । तराईवासीको चरित्र र प्रवृत्ति राम्ररी बुझेकैले बीपी कोइरालाले तिनलाई ‘नेपाली राष्ट्रियताका सच्चा रक्षक’ भनेको हुनुपर्छ । यथार्थमा नेपालको सीमाका पनि सक्कली पहरेदार तराईका बासिन्दा नै हुन् । तराईवासी नेपालीको देशभक्ति वा राष्ट्रप्रेम जति निसन्देह छ आफूलाई तराईका जनताको प्रतिनिधि दाबी गर्ने ‘मधेसवादी’ दलका नेताको इमानदारी र देशभक्ति भने त्यति सन्देहरहित छैन । उनीहरूको चरित्र र प्रवृत्तिले नै जनमानसमा त्यसप्रकारको सन्देह उत्पन्न भएको हो । ‘मधेसी’ दलका नेताहरूले पनि नेपाली जनतामा उनीहरूप्रति रहेको सन्देहको भेउ पाएरै होला नामबाट मधेस शब्द हटाएको र केही पहाडी अनुहार पनि पार्टीमा सामेल गराएका होलान् । दुर्भाग्य, राष्ट्रलाई अप्ठेरो पर्दा पनि आफ्नो स्वार्थका लागि सर्त राख्ने चरित्र भने त्याग्न सकेनछन् । मधेस नाम हटाएर वा पहाडी अनुहार देखाएर देशभक्त ठहरिने भनी ठान्नु ‘मण्डले राष्ट्रवाद’ स्वीकार गर्नु हो । देशको सीमाका विषयमा हुन लागेको संविधान संशोधन प्रस्तावलाई विनासर्त सहयोग गर्ने वचन दिनुको साटो यही नै बेला संविधान संशोधनका पुराना मागहरू पूरा गर्न अत्तो थाप्नु खेदको विषय हो ।  

Prabhu Bank
Agni Group
NIC Asia

राजपा र समाजवादी एक भएर बनेको समाजवादी जनता पार्टीमा पनि भूकम्पबाट थिलोथिलो भएको मुलुकमाथि भारतको आडमा नाकाबन्दी गर्ने प्रवृत्ति नै मूल चरित्रका रूपमा सरेको देखियो । मुलुकमा कोरोनाभाइरसको महामारी छ । मधेसी दलले प्रतिनिधित्व गर्ने भनिएको क्षेत्रमा त्यसको प्रकोप झन् चर्को छ । यस्तोमा राष्ट्रियतासँग जोडिएको विषय भएकाले मात्र संविधान संशोधनको औचित्यमा जनताले प्रश्न नगरेका हुन् । यो बहस गर्नुपर्ने वा विवाद गर्ने विषय पनि हैन । अहिले प्रस्तुत विधेयकको पक्षमा मतदान गरेर राष्ट्रिय एकता प्रदर्शन गर्नु देशको हितमा हुन्छ । मधेसी दलहरूले प्रस्ताव गरेका विषयमा पर्याप्त बहस र आवश्यक भए जनमत संग्रहसमेत गर्नुपर्ने हुनसक्छ । संविधान संशोधनका लागि प्रस्ताव प्रस्तुत गर्नेहरूको नियतमा सन्देह नगरौँला पनि समय उपयुक्त भएन । संसद्मा एक दिन प्रस्ताव प्रस्तुत नहुँदा त नेपाली राजनीतिक दलहरूलाई भारतको ‘एसेट’ भन्नेहरूले प्रस्तावमा मधेसी दलहरूले मतदान गरेनन् भने कस्तो दुष्प्रचार गर्लान् ? यसैले सीमासम्बन्धी संशोधनलाई विवादास्पद बनाउनै पर्ने कुनै बाध्यता नभए समाजवादी जनता दलका तर्फबाट प्रस्तुत संशोधन उपयुक्त समयमा छलफल गर्ने गरी थाती राखेर प्रतिनिधि सभामा प्रस्तुत संविधान संशोधन विधेयकमा मतदान गर्नुपर्छ । संकटमा नेपाली एक हुनसक्छन् भन्ने राष्ट्रिय एकताको सन्देश भारतका साथै संसारलाई दिन संसद्का सबै दलहरूले विधेयकका पक्षमा मतदान गर । भारत रिझाएर राजनीति गर्ने कि नेपालको राष्ट्रिय हितका पक्षमा उभिने भन्ने अग्निपरीक्षामा उत्तीर्ण हुने मौका नचुकाऊ !    


 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २०, २०७७  १५:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC