site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
बोर्ड अध्यक्षका लागि मन्त्रालयद्वारा तीनजनाको नाम सिफारिस
Sarbottam CementSarbottam Cement

काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तीनजनाको नाम सिफारिस गरेको छ । गत बिहीबार मन्त्रालयले दरखास्त दिनेमध्ये तीनजनाको नाम मन्त्रिपरिषद् अन्तरगत सिफारिस गरेको हो ।

मन्त्रालयले भुवन केसी, दयाराम दाहाल र राजेश थापाको नाम सिफारिस गरेको मन्त्रालय स्रोतले बताएको छ । भुवन केसी, दयाराम र राजेश थापासँगै भगवतीकुमारी मैनाली, सोहित मानन्धर, अर्जुनकुमार डङ्गोल, राजेन्द्रकुमार उप्रेती, ध्यानबहादुर सुब्बा, परशुराम चौधरी र दीपक श्रेष्ठले आवेदन दिएका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

१० जनाको आवेदन परेपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सह–सचिव राधिका अर्यालको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको थियो । 

अब बस्ने मन्त्रिपरिषद बैठकले बोर्ड अध्यक्ष चयन गर्ने अर्यालले जानकारी दिइन् । 

Global Ime bank

गत वर्षको मंसिर २९ गते तत्कालीन बहालवाला अध्यक्ष केशव भट्टराईको निधन भएपछि खाली भएको उक्त पदका लागि मन्त्रालयले आवेदन आह्वान गरेको थियो । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २०, २०७७  ११:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC