site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
बाबुराम भट्टराईलाई मिनेन्द्र रिजालको जवाफ–जमिनको रक्षा गरेर समृद्धि हासिल गर्नुपर्छ 
Ghorahi CementGhorahi Cement

काठमाडौं । प्रतिनिधिसभाको आइतबारको बैठकमा दुईजना नेताले विभिन्न पुस्तकको दृष्टान्त दिँदै नेपालले आफ्नो भूमिको रक्षा कसरी गर्ने भन्ने संकेत गरेका छन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका डा. बाबुराम भट्टराईले बजेटको सिद्धान्तमाथि भएको छलफलमा भाग लिँदै नेपालले भूराजनीतिक सन्तुलन मिलाउन फिनल्यान्डको मोडल अपनाउनुपर्ने बताए भने नेपाली कांग्रेसका सांसद डा. मिनेन्द्र रिजालले भट्टराईको तर्कको खण्डन गर्दै त्यसरी जान नसकिने बताए ।

Agni Group

भट्टराईले संसद बैठकमा भनेका थिए, “भूराजनीतिक शक्ति सन्तुलन मिलाउनका लागि मैले एउटा रिफ्रेन्स दिन चाहन्छु । जेराड डाइमन्डको अपहिभल ‘टर्निङ पोइन्टस् फर नेशन्स इन क्राइसिस’ पुस्तकमा यो कुरा उल्लेख छ । अमेरिका, जापान, जर्मनी, चिली, फिनल्यान्डलगायतका देशले संकटबाट पार लगाएर कसरी अघि बढे भन्ने उल्लेख छ । दोस्रो विश्वयुद्धताका स्टालिनले खाइसकेका थिए । उनीसँग नै राम्रो सम्बन्ध राखेर अघि बढेर फिनल्यान्ड समृद्ध भयो । त्यो मोडलअनुसार जाऔँ । सुगौली सन्धिले दिएको भूमि महत्वपूर्ण पनि छ । हामी सबै देशभक्त हौँ । हाम्रो देशभक्तिमा शंका नगरौँ ।”

तर उक्त पुस्तकका अनुसार फिनल्यान्डले पहिलो विश्वयुद्धमा रसियाले आक्रमण गरेपछि त्यसको प्रतिवाद गरेर हिमपातको बेलामा लडेर जित्छ र आफ्नो भूभाग जोगाउँछ । भूभाग जोगाएपछि हिमपातमय भूभाग जोगाए पनि भोलि जोगाउन सकिँदैन भन्ने लागेर सम्झौता गर्न बाध्य हुन्छ । रिजालले भट्टराईको उक्त भनाइको जवाफ दिँदै नेपाल अहिले त्यो अवस्थामा पुग्न नहुने उल्लेख गर्दै अर्को पुस्तक पनि अध्ययनका लागि सबैसँग आग्रह गरे ।

Global Ime bank

फिनल्यान्डको २५ पेजमा लेखिएको होला । फिनल्यान्ड र नेपालमा फरक के छ भने फिनल्यान्डसँग रसियासँग मात्रै सीमा छ । तर हाम्रो दुईतिर भारत र चीन छन् ।

अर्को पुस्तक फ्रम ग्रान्ड डची टु अ मोडर्न स्टेटको उदाहरण दिँदै फिनल्यान्डको एउटामात्रै छिमेकी भएको तर नेपालका दुईतिर ठूला छिमेकी रहेको उल्लेख गर्दै रिजालले अहिले उक्त बाटोबाट अघि बढ्न नसकिने घुमाउरो तर्क गरेका थिए । अझै विस्तृतमा जान्नका लागि फ्रम ग्रान्ड डची टु अ मोडर्न स्टेट अध्ययन गर्न डा. रिजालको सुझाव थियो ।

लिपुलेक, लिम्पियाधुरा र कालापानीसहितको भूभाग नेपालको नक्साभित्र राखिएपछि संविधान संशोधनका लागि आइतबार नै प्रस्ताव पेस भएको थियो ।  संविधान संशोधनको विषयमा पनि आफ्नो धारणा संक्षिप्तमा राख्दै दुई नेताको यस्तो टिप्पणी आएको हो ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ १८, २०७७  २२:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC