site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
१३ लाख नेपाली स्वदेश फर्कने अनुमान, यस्तो छ व्यवस्थापन तयारी
Sarbottam CementSarbottam Cement

काठमाडौं । सरकारले भारतसहित विभिन्न मुलुकमा रहेका करिब १३ लाख नेपाली लकडाउनका कारण भित्रिन सक्ने अनुमान गर्दै सोहीअनुसारको व्यवस्थापन तयारी थालेको छ । स्थल र हवाइमार्ग भएर १३ लाख नेपाली नागरिक भित्रिने प्रक्षेपण सरकारले गरेको हो ।

यस सम्बन्धमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजकत्वको क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीएमसी)ले विस्तृत कार्ययोजना तयार पारेको छ । सीएमसीले तयार पारेको प्रतिवेदनअनुसार भारतबाट स्थलमार्ग हुँदै ३ लाख ५० हजार नागरिक फर्कने अनुमान गरिएको छ । अहिलेसम्मको आँकडा हेर्दा तीमध्ये १५ प्रतिशत संक्रमितको अनुमान गरिएको छ ।

भारतबाट स्वदेश फर्कन चाहने नागरिकलाई सरकारले २० वटा नाका तोकेको छ । प्रदेश एकअन्तर्गत झापाको काँकडभिट्टा, मोरङको जोगवनी र सुनसरीको भण्टाबारी तोकिएको छ ।  प्रदेश नम्बर दुईमा महोत्तरीको जलेश्वर, धनुषा, सप्तरीको राजविराज, सिरहाको माडर, पर्साको वीरगञ्ज, रौतहटको गौर नाका तय गरिएको छ । वागमती प्रदेशमा चितवनको ठोरी तोकिएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

प्रदेश नम्बर पाँचमा परासीको त्रिवेणी, रुपन्देहीको बेलैया, कपिलवस्तुको कृष्णनगर, बाँकेको जमुनाह, बर्दियाका गुलरिया तय भएको छ । सुदूरपश्चिम प्रदेशमा भने कञ्चनपुरको गड्डाचौकी, कैलालीको गौरीफन्टा र दार्चुलाको पुलहाट नाका तय गरिएको छ । नेपाल प्रवृष्ट भएकालाई स्वास्थ्य जाँचगरी सम्बन्धित जिल्लाको क्वारेन्टाइनमा पठाउने र सोको व्यवस्थापन सीएमसीले गर्ने तयारी छ । सीमा नाकाको भीड व्यवस्थापन र यातायातको प्रबन्ध नेपाली सेनालाई दिने तयारी सीएमसीले गरेको छ ।

नेपाली सेनाले आफ्नो सवारी अथवा यातायात व्यवसायीसँग समन्वय गरेर तय गरिएको साधनमार्फत सम्बन्धित पालिकाको जिम्मा लगाउने सीएमसीको योजनामा छ । स्थलमार्ग भएर आउनेहरु १४ दिन पालिकाले तोकेको क्वारेन्टाइनमा र ७ दिन होम क्वारेन्टाइनमा बस्नुपर्ने छ । क्वारेन्टाइनमा बसे नबसेको, नियम फलो गरे नगरेको रेखदेखको जिम्मा पनि नेपाली सेनालाई नै दिने सरकारको तयारी छ ।

Global Ime bank

त्यसरी स्वदेश फर्किएका नागरिकको तथ्याङ्क व्यवस्थित गर्न गाउँ–नगरपालिकालाई निर्देशन दिइने सीएमसी स्रोतले जानकारी दिएको छ । 

सीएमसीको योजनाअनुसार गाउँ वा नगरले आफ्नो इलाकामा आएको नागरिकको पूर्ण विवरण राख्ने, त्यसको लगत उतारेर सीएमसीलाई पठाउने, प्रोटोकल अनुसारको क्वारेन्टाइन, राहत र योग्यताअनुसारको रोजगारी समेतको व्यवस्थापनको निर्देशन सीएमसीले दिन लागेको छ ।

तेस्रो मुलुकबाट दैनिक १० हजार नागरिक ल्याउने तयारी

सरकारले तेस्रो मुलुकबाट १० लाख बढी नागरिक नेपाल आउने प्रक्षेपण गरेको छ । विभिन्न एअरलाइन्ससँग समन्वय गरेर दैनिक १० हजारको सङ्ख्याका दरले नेपाल ल्याउने योजना सीएमसीले बनाएको छ । काजकिरिया गर्न अड्किएका, औषधोपचार गर्न गएका तर फर्कन नपाएका, आममाफी पाएका, कामबाट निकालिएर अलपत्र परेका नागरिक प्राथमिकतामा पर्नेछन् । 

त्यसरी स्वदेश फर्कन चाहने नागरिकले जहाजको भाडा र काठमाडौंमा बस्दाको होटल खर्चको व्यवस्थापन आफैंले गर्नुपर्ने गरी योजना तयार पारिएको स्रोत बताउँछ ।   “गरिबी, विपन्न र जहाज भाडा तिर्न नसक्ने नागरिकलाई सरकारले नै ल्याउँछ । काठमाडौं ल्याएपछिको व्यवस्थापन पनि सरकार आफैंले गर्छ,” सीएमसी स्रोतले बाह्रखरीसँग भन्यो ।

अहिले सम्बन्धित देशमा रहेको नेपाली दूतावासको सहयोगमा परराष्ट्र मन्त्रालयले स्वदेश फर्कने नागरिकको सूची तयार गरिरहेको छ ।  परराष्ट्र मन्त्रालयले दशदिनभित्र सूची तयार पारिसक्ने छ । त्यसपछि स्वदेश फर्काउने क्रमको थालनी हुने सीएमसी स्रोत बताउँछ ।  सुरुमा जहाजको भाडा बेहोर्न सक्ने नागरिक ओसार्ने र अन्तिममा बेखर्ची भएका र अलपत्र अवस्थामा रहेका नागरिकको उद्धार गर्ने सीएमसीले तयार पारेको कार्ययोजनामा उल्लेख छ ।

विदेशबाट आउन चाहने व्यक्तिहरूको रेकर्ड प्राप्त गर्ने जिम्मा पराष्ट्र मन्त्रालयलाई तोकिएको छ ।  नागरिक उड्यन, गृह, श्रम तथा रोजगार र शिक्षा मन्त्रालयले पनि परराष्ट्रलाई सघाउने छन् । त्यसपछि आगन्तुकले भर्ने फारम जहाजमा नै उपलब्ध गराइने छ । त्यसको जिम्मा नागरिक उड्डयन मन्त्रालयलाई दिइएको छ । गृह, परराष्ट्र र सम्बन्धित एअरलाइन्सहरूले त्यसमा सघाउनेछन् ।

विमानस्थलमा यात्रु ओराल्ने, स्वास्थ्य जाँच गर्ने र उनीहरूलाई होल्डिङ एरियामा पुर्‍याउने काम विमानस्थलमा गठित संयन्त्रले गर्ने छ ।  काठमाडौं, भक्तपुर र ललितपुरमा छुट्टाछुट्टै होल्डिङ एरिया बनाउने सरकारको तयारी छ ।  यात्रुलाई त्यहाँ पुर्‍याएपछि त्यहीँको संयन्त्रले विवरण राख्ने काम गर्छ ।  होल्डिङ एरियामा विदेशबाट फर्किएका यात्रुको अवस्था हेरेर आरडीटी र पीसीआर परीक्षण गरिनेछ । 

सङ्क्रमण देखिए सङ्क्रमणको स्रोत र उनीहरूको संसर्गमा पुगेको पहिचान र परीक्षण गर्ने नदेखिए सम्बन्धित पालिकाको जिम्मा लगाउने गरी व्यवस्थापनको तयारी भइरहेको सीएमसी स्रोत बताउँछ ।  बाटोमा सुरक्षा र खानपानको प्रबन्ध सम्बन्धित प्रदेश सरकारको जिम्मामा छाडिने सीएमसीको योजनामा छ । त्यसमा गृह मन्त्रालय र स्वास्थ्य मन्त्रालय दुवैले समन्वय गर्नेछन् ।

सङ्क्रमण देखिए अवस्था हेरेर आइसोलेसन, क्वारेन्टाइनस्थलमा पुर्‍याउने जिम्मा विमानस्थल र होल्डिङ एरियाको जिम्मा संयन्त्रले लिनेगरी सीएमसीले व्यवस्थापन गरेको  छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ १८, २०७७  २०:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC