site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

संक्रमणको जोखिममा रहेकाहरूलाई अलग्गै राखेर परीक्षण गर्न र समुदायमा महाव्याधि फैलन नदिन क्वारेन्टिनको व्यवस्था गरिएको हो । दुर्भाग्य, व्यवस्थापनमा देखाइएको अत्यन्त गैरजिम्मेवार हेलचेक्य्राइँका कारण क्वारेन्टिनहरू नै कोरोनाभाइरस फैलाउने केन्द्र बन्न पुगे । विशेषगरी प्रदेश नम्बर दुई र पाँचका प्रदेश तथा स्थानीय सरकारहरू क्वारेन्टिनको व्यवस्थापनमा पूर्णतः असफल भएका छन् । प्रदेश नम्बर दुईमा क्वारेन्टिनमा करिब १८ हजार राखिएका छन् भने क्वारेन्टिन स्थल नै कोरोना संक्रमण फैलिने सबैभन्दा जोखिमपूर्ण ठाउँ बनेका छन् । कतिपय स्थानमा संक्रमणको पुष्टि भएकालाई समेत क्वारेन्टिनमा अरूसँगै राखिएको छ भने परीक्षणको नतिजा नआउँदै घर पठाइएका कतिपयमा संक्रमण देखिएपछि सुरक्षाकर्मी खोज्दै हिँडेका छन् । तर सरकार भने बन्दाबन्दी लम्याउनै व्यस्त छ । जेठ २० गते सकिने भनिएको बन्दाबन्दी मन्त्रिपरिषद्ले जेठ ३२ गतेसम्म लम्याउने निर्णय गरेको छ । अन्तर्राष्ट्रिय सीमाहरू भने असार १६ सम्मै बन्द रहनेछन् । 


सरकार एकातिर विनायोजना बन्दाबन्दी (लकडाउन)को अवधि लम्याएर बसेको छ भने अर्कातिर क्वारेन्टिनकै कारण संक्रमण धान्नै नसकिने गरी फैलँदै गएको छ । क्वारेन्टिनको नाम दिइएका विद्यालयका कक्षा कोठामा राखिएका कतिपयले खानेपानीसमेत नपाएको गुनासा गरेका छन् । यस्तै झुल नभएको कोठामा बेन्चमै खानेबस्ने गरेका छन् तिनलाई लामखुट्टेको टोकाइबाट हुने सरुवा रोगसमेत सर्नसक्ने जोखिम बढेको छ । क्वारेन्टिनमा बसेको १० दिनसम्म पनि परीक्षण र उपचार नहुँदा दैलेखका युवकको मृत्यु भयो । क्वारेन्टिनमा आइपुग्दैमा बिरामी देखिएका दैलेखका युवक सरकारी हेलचेक्य्राइँकै कारण अकालमा मरे । डडेलधुराको क्वारेन्टिनमा नवदुर्गा गाउँपालिका–३ का ६ वर्षीय बालकको अकाल मृत्यु भएको छ । बाँकेमा क्वारेन्टिनबाट घर पठाएको चार घन्टापछि उनीहरूमध्ये सात जनामा संक्रमणको पुष्टि भयो । घरपरिवारको सम्पर्कमा पुगिसकेका तिनलाई खोजेर ल्याई आइसोलेसनमा राख्नु प¥यो । तर, क्वारेन्टिनमा संक्रमितसमेत थपिने क्रम बढे पनि परीक्षण भने बढाइएको छैन । परीक्षणका लागि स्वाबको संकलन नै निकै सुस्त र थोरै छ भने परीक्षणको प्रतिवेदन नआउँदै संक्रमितहरू मर्न थालेका छन् ।


महाव्याधि कोभिड–१९ सँगको युद्धमा संसारका धेरै मुलुक जित्दैछन् भने शासकहरूको मूर्खताका कारण कतिपयले हार्दैछन् । सरकारको हठ, बदनियत, हेलचेक्य्राइँ र अकर्मण्यताका कारण नेपाल पछिल्लो कोटीमा पर्न लागेको छ । विशेषज्ञहरूले दिएको सल्लाह सरकारले कहिल्यै सुनेन । संक्रमणको नबढ्दै स्वास्थ्य सामग्रीको प्रबन्धलगायतका तयारी गर्न सामाजिक सञ्जाल, सञ्चार माध्यम, संसद् र विशेषज्ञहरू सबैबाट सरकारको ध्यानाकर्षण गरिएको थियो । स्वास्थ्य तथा जनसंख्यामन्त्रीले संसद्मै नेपालमा जोखिम छैन भने । अर्का मन्त्री त ‘नेपाललाई कोरोना फ्री’ क्षेत्र घोषणा गर्ने हदसम्म उत्ताउलिए । नेपाललाई महाविपत्तिको भुमरीमा फसाएर अर्को ‘ओम्नी’ पोस्ने दुर्नियत छैन भने सरकारले तत्काल स्वतन्त्र विशेषज्ञहरूको सल्लाहअनुसार बन्दाबन्दीको व्यवस्थापन गरोस् । साथै क्वारेन्टिनलाई अहिलेजस्तो ‘मृत्यु शैय्या’ हैन संक्रमण रोक्ने स्थल बनाइओस् । परीक्षण र सम्पर्क पहिचानको गुण र दुवै वृद्धि गरियोस् । सरकार अहिलेजस्तै तमासेमात्र हुने हो भने जनताको धैर्य पनि समाप्त हुनेछ । जनता सडकमा उत्रे भने सरकारका सबै योजना तुहिने निश्चितै छ ।    
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ १८, २०७७  १५:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC