site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

सायद नेपालको इतिहासमै पहिलोपल्ट बजेटको आकार अघिल्लो वर्षभन्दा घटेर आएको छ । संसद्मा प्रस्तुत आगामी आर्थिक वर्ष २०७७÷७८ को वार्षिक आय व्यय विवरण करिब १४ खर्ब ७४ अर्बको बजेट अघिल्लो आवको १५ खर्ब ३२ अर्बभन्दा करिब ५८ अर्बले सानो रहेको छ । यो बजेटको आकार, स्वास्थ्य र कृषिमा दिइएको जोड तथा चालु खर्चमा पनि केही मात्रामा गरिएको कटौतीका कारणले यस वर्षको बजेटलाई यथार्थको नजिक रहेको भन्न सकिन्छ । तर, वर्तमान कोभिड–१९को महामारीको अवस्थामा आर्थिक वृद्धिदर अर्थमन्त्री डा. युवराज खतिवडाले अनुमान गरेजस्तो ७ प्रतिशत हुनका लागि आवश्यक कुनै नवीन कदम भने चालिएकोे देखिँदैन । 

विश्वव्यापी कहर मच्चाएको महामारीका कारण वैदेशिक रोजगारीमा रहेका धेरै नेपाली कामदार फर्केर आउने अवस्था देखिएको छ । यस्तो अवस्थामा आन्तरिक र वैदेशिक लगानीलाई विशेष जोड दिएर रोजगारीको अवसर सिर्जना गर्ने प्रकारको चुनौतीपूर्ण अवस्था सामना गर्ने कदम पनि बजेटमा देखिएको छैन । प्रधानमन्त्री रोजगार कार्यक्रमको दायरा विस्तार गरेर २ लाख रोजगारी उपलब्ध गराउने भनिए पनि विगतमा आफ्ना कार्यकर्तालाई केही महिनाको ज्याला दिएर रकमको दुरुपयोग भएका धेरै घटना सार्वजनिक भएका थिए । त्यस्तो नहुने प्रत्याभूति पनि नीतिगत रुपमा बजेटमा समावेश गरिनु पथ्र्यो । सीप विकासका लागि ल्याएको कार्यक्रम स्वागतयोग्य छ तर त्यसमा छुट्याइएको एक अर्बको उपयुक्त प्रयोग हुन सकनुपर्छ । त्यस्तै, निजी क्षेत्रले न्यूनतम दुई वर्षको रोजगारी दिने ग्यारेन्टी गरेको खण्डमा तीन महिनासम्मको न्यूनतम पारिश्रमिकको ५० प्रतिशत अनुदान दिने भनिएको छ । यस व्यवस्थाको सही प्रयोग नभएको खण्डमा व्यवसायी र अनुदानदाता मिलेर रकमको दुरुपयोग हुने जोखिम पनि उत्तिकै देखिन्छ  । 

Prabhu Bank
Agni Group
NIC Asia

अर्कोतिर, उत्पादन, घरेलु तथा साना व्यवसाय, पर्यटन तथा हवाई उड्डयनलगायतलाई पाँच प्रतिशत ब्याजमा सहुलियत कर्जा दिने घोषणालाई स्वागतयोग्य मान्न सकिन्छ । यसका लागि सरकारले बनाएको रु. ५० अर्बको कोषलाई अलि लचिलो बनाएर बढाउन सकिने व्यवस्था गरिनुपर्ने थियो । नेपाल राष्ट्र बैंकले प्रदान गर्ने पुनर्कर्जाले अर्थतन्त्रमा सकारात्मक असर पार्ने आशा लिन सकिन्छ । व्यापारिक तथा औद्योगिक क्षेत्रलाई सरकारले करको दर बढाएर थप सास्ती दिने भय थियो तर सो नभएकाले निजी क्षेत्रले एक प्रकारको सन्तोष मानेको हुनुपर्छ । अझ, करको दायरा घटाउने प्रतिबद्धता जनाएकाले निजी क्षेत्र बजेटबाट थप आशान्वित देखिएको छ ।  स्वास्थ्य क्षेत्रमा विशेष जोड दिंदै आगामी वर्षको बजेट करिब साढे ९० अर्ब पु¥याइएको छ । एक विशेष कोरोना अस्पतालको निर्माण र अन्य अस्पताल बनाउने विषयमा जोड दिनुलाई सकारात्मक मान्नुपर्छ । महामारीले सिकाएको तथ्य के हो भने स्वास्थ्य क्षेत्रमा निजी क्षेत्रको धेरै भर पर्ने अवस्था रहनु हुँदैन । त्यसैले सरकारको तयारी स्वागतयोग्य छ । तर, निजी क्षेत्रलाई स्वास्थ्य सेवामा थप जिम्मेवार बनाउँदै लगानीको वातावरण बनाउनुपर्ने विषयमा बजेटले ध्यान पु¥याएको देखिँदैन । निजी क्षेत्रलाई उपेक्षा गरेर स्वास्थ्य सेवा सहज र स्तरीय बनाउन अहिलेको अवस्थामा असंभव देखिन्छ ।

विदेशमा काम गरेर बसेका धेरै नेपाली अब रोजगारीमुक्त भएर नेपाल फर्कने संभावना देखिएको अवस्थामा सरकारले कृषिलाई रोजगारी सिर्जनागर्ने मुख्य क्षेत्रको रुपमा अगाडि बढाउने कोसिस गरेको देखिन्छ । तर, बजेट विनियोजन गर्दा त्यस अनुरुपको वृद्धि भएको छैन । कृषिमा लिइएका कदमको सो क्षेत्रबाट स्वागत पनि भएको छ तर कृषिको आधुनिकीकरण तथा व्यवसायीकरणका लागि बजेटमा जुन प्रकारको महत्त्वकांक्षा देखिनुपर्ने थियो सो पुगेको छैन । डा. खतिवडाले लगातार तेस्रो आर्थिक वर्षको बजेट संसद्मा प्रस्तुत गर्ने मौका पाएकोमा अन्तिम बजेटमा सबैभन्दा धेरै स्याबासी पाउने देखिन्छ । तर, बजेटमा उल्लेख भएका धेरै प्रावधान शब्दमा नै सीमित रहने अनुभव पुरानै हो । बजेट कार्यान्वयनको क्षमता न्यूनतम भएको हुनाले केही करका दरको हेरफेरबाहेक बजेटले नेपाली जनताको जीवन यापनमा प्रत्यक्ष तथा उल्लेख्य प्रभाव पार्दैन । यो वर्षको बजेटले नकारात्मक प्रभाव न्यून पार्ने संभावना रहेकाले सोही अनुरुपको कार्यान्वयन होस् । बजेट कार्यान्वयनको सफलताको शुभकामना ! 

Global Ime bank

 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ १६, २०७७  १०:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC