site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
स्याङ्जामा दुईजना कोरोना संक्रमित भेटिए
Ghorahi CementGhorahi Cement

कास्की । स्याङ्जा जिल्लाका दुईजनामा कोरोना संक्रमण भेटिएको छ । स्याङ्जाको यो पहिलो घटना हो ।

मंगलबार गण्डकी प्रदेशसभाको विशेष समयमा प्रदेश सांसद मोहन रेग्मीले दुईजनामा कोरोना भेटिएको बताएका हुन् । यसबारे स्वास्थ्य मन्त्रालयले भने औपचारिक पुष्टि गरिसकेको छैन ।

Agni Group

स्याङ्जामा भेटिएका संक्रमित शनिबार मात्र भारतबाट आएका थिए । प्रदेश स्वास्थ्य निर्देशनालयले साढे ३ बजे विज्ञप्ति निकालेर थप जानकारी दिने जनाएको छ ।

वालिङस्थित सामुदायिक क्‍वारेन्टाइनमा रहेका दुवै पुरुष हुन् । यसअघि गण्डकीका बागलुङमा २, पूर्वी नवलपरासीमा २ र लमजुङका एकजनामा कोरोना देखिएको थियो । उनीहरुमध्ये बागलुङका दुईजना उपचारपछि निको भएर घर फर्किएका छन् ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ १३, २०७७  १४:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC