काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले रुकुम पश्चिममा भएको घटनामा संलग्न दोषीलाई कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । मंगलबार प्रतिनिभिसभा बैठकमा बोल्दै गृहमन्त्री थापाले दोषीलाई कानुनको कठघरामा ल्याएर कारबाही गर्न प्रतिबद्ध रहेको बताए ।
उनले घटनामा संलग्न भएको आशंकामा १२ जनालाई नियन्त्रणमा लिएको पनि संसद्लाई जानकारी गराए । उनले बेपत्ता भएकाहरुको खोजी जारी रहेको र त्यसका लागि गोताखोरसमेत खटाइसकेको बताए ।
सामाजिक र जातीय सदभाव कायम गर्न जिल्ला प्रशासन कार्यालय जाजरकोट र रुकुम पश्चिचमबीच समन्वयात्मक रुपमा काम भइरहेको पनि बताए । उनले रायसहितको प्रतिवेदन पेस गर्ने गरी ५ सदस्यीय छानबिन समिति गठन भइसकेको पनि जानकारी दिए ।