site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
स्वास्थ्य सेवा सुधार गरिने
Sarbottam CementSarbottam Cement

नेपालगञ्ज । प्रदेश नं ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले बाँके नरैनापुरको क्वारेन्टिनलाई व्यवस्थित बनाउने र स्वास्थ्य सेवामा सुधार गर्ने बताएका छन् ।  

संवाद समूहले सोमबार गरेको ‘भर्चुअल’ बैठकमा मन्त्री बरालले नरैनापुरका नागरिकले अनुभूति हुने गरी स्वास्थ्य संस्था स्थापनाको कार्य अघि बढाइने प्रतिबद्धता जनाए । तीनै तहका सरकारबीच पर्याप्त समन्वय र सहकार्य नभइरहेको गुनासो आइरहेका बेला संवाद समूहको  संयोजनमा स्थानीय सरकार, स्थानीय प्रशासन, जनप्रतिनिधि र प्रदेश सरकारको प्रतिनिधित्व हुने गरी अनलाइन संवाद बैठकको समन्वय गरिएको समूहका संयोजक शुक्रऋषि चौलागाईँले बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

मन्त्री बरालले कोरोना सङ्क्रमणको भयावह अवस्था सिर्जना हुनुसक्ने बताउँदै प्रदेश सरकारले नरैनापुरस्थित स्वास्थ्य केन्द्रको स्तरोन्नतिका लागि सम्पूर्ण तयारी शुरु गरिसकिएको स्पष्ट पारे । छलफलमा सहभागी बाँकेको सोही क्षेत्रबाट प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्य कृष्णा केसीले नरैनापुरलगायत क्षेत्रमा देखिएको स्वास्थ्य समस्या सम्बोधन गर्न सबै तहका सकारकारको ध्यानाकर्षण गराइए पनि समयमा सुनुवाइ नभएको गुनासो गरे । उनले आइसोलेसनसहितको सामुदायिक अस्पताल सञ्चालन, क्वारेन्टिन व्यवस्थापन र स्वास्थ्य विज्ञसहितको टोली परिचालनको आवश्यता तत्काल पूरा गर्नुपर्ने माग राखे । 

छलफलमा सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय, नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद साह, सोही पालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खराललगायतले भाग लिएका थिए । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा कोरोनाबाट सङ्क्रमित १४६ मध्ये ११३ जना नरैनापुर क्षेत्रका मात्र छन् भने एक जनाको मृत्यु भइसकेको छ ।  रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ १३, २०७७  ०६:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC