site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
युनेस्को सङ्ग्रहालय तथा उद्यान निर्माण गरिने
Sarbottam CementSarbottam Cement

काठमाडौं । राष्ट्रिय शहीद स्मारक निर्माण स्थल गोकर्णेश्वर नगरपालिका–४ मा स्वीकृत गुरुयोजनाबमोजिम युनेस्को सङ्ग्रहालय तथा उद्यान निर्माणको सम्झौतामा हस्ताक्षर भएको छ ।

नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगको सचिवालय र यज्ञडोल (जगडोल) सामुदायिक वन उपभोक्ता समूहबीच भएको सम्झौतामा चार वर्षभित्र सङ्ग्रहालय तथा उद्यान निर्माण गरिसक्ने उल्लेख छ ।

सरकारले घोषणा गरेको राष्ट्रिय शहीद तथा शान्ति एवं निजामती पार्क (स्मारक) यज्ञडोल (जगडोल) सामुदायिक वन पर्या–पर्यटन प्रवद्र्धन तथा उद्यान व्यवस्थापन समितिअन्तर्गत सङ्ग्रहालय तथा उद्यान निर्माण गर्न लागिएको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

स्मारकको १४औँ स्थापना दिवसका अवसरमा आइतबार हस्ताक्षर गरिएको सम्झौता पत्र आज स्मारक निर्माण स्थल यज्ञडोल सामुदायिक वनमा आयोजित कार्यक्रममा सार्वजनिक गरियो । 

कार्यक्रमलाई सम्बोधन गर्दै गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले काठमाडौँ महानगरपालिका समेतको साझेदारीमा स्मारक निर्माण स्थलमा रु छ करोडको लागतमा काम भइरहेको बताउनुभयो । उद्यान निर्माणका लागि महानगरपालिकाले रु एक करोड सहयोग गरेको छ ।

Global Ime bank

स्मारक निर्माणका लागि सरकारले घोषणा गरेको १४ वर्षसम्म पनि काम सम्पन्न हुन नसक्नुमा निर्माण व्यवसायी दोषी रहेको उनको भनाइ थियो । युनेस्को सचिवालयका सहायक महासचिव डा बाबुराम अधिकारीले कोरोना भाइरसको विश्वव्यापी महामारीपछि संसारमै पूर्वीय दर्शनप्रतिको आकर्षण बढ्दै गएकाले युनेस्को सङ्ग्रहालय एवं उद्यानलाई अनुसन्धान केन्द्रका रुपमा विकास गर्ने  लक्ष्य रहैको बताए । 

आयोजक संस्था यज्ञडोल (जगडोल) सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सुदर्शन सिग्देलले आयोजनाको विस्तृत परियोजना प्रस्ताव तीन महिनामा सक्नेगरी सम्झौता भएको बताए । 

विस्तृत परियोजना प्रस्ताव निर्माणपछि अनुमानित लागतको खाका आउने उनले बताए । कार्यक्रममा जिल्ला समन्वय समिति काठमाडौँका सदस्य सान्नानी लामाले स्मारक निर्माण म्याद थपिएको अवधिमा सक्न सबै पक्षको सहयोग आवश्यक रहेकामा जोड दिए ।

विसं २०६८ देखि शान्ति तथा पुनर्निर्माण मन्त्रालयअन्तर्गत रहेकौ शहीद स्मारक आयोजना २०७४ सालमा मन्त्रालय खारेजीमा परेपछि काम अलपत्र भएको थियो । हाल सहरी विकास मन्त्रालयअन्तर्गत शहीद स्मारकको काम बन्दाबन्दीका बेला सुरु भएको छ । सरकारले २०६४ जेठ ११ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार स्मारक निर्माण सुरु भएको हो । -रासस

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १२, २०७७  २१:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC