site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
इन्चार्जलाई संक्रमण पुष्टि भएपछि चौकी विस्थापित
Sarbottam CementSarbottam Cement

जनकपुर । सोमबार कोरोना भाइरस संक्रमण पुष्टि भएको धनुषाका तीन जनामा नगराइनस्थित फुलगामा प्रहरी चौकीका असई, प्रहरी जवान र दिल्लीबाट फर्केका एक युवक छन् । 

सीमा क्षेत्रको सुरक्षामा परिचालित सुरक्षाकर्मी कोरोना संक्रमणको दृष्टिकोणले अत्यन्तै जोखिममा छन् । सोमबार आएको रिपोर्टले जोखिमको पुष्टि गरेको छ । चौकीका इन्चार्जसमेत दुई जना सुरक्षाकर्मीमा संक्रमण पुष्टि भए लगत्तै दुवै जनालाई जनकपुरस्थित आइसोलेसनमा ल्याएर उपचार थालिएको छ भने उक्त चौकीमा रहेका बाँकी सबै सुरक्षाकर्मीलाई क्‍वारेन्टाइनमा राखिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी रामेश्वर कार्कीले जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

इन्चार्जलाई आइसोलेसनमा र अन्य सुरक्षाकर्मीलाई क्‍वारेन्टाइनमा राखिएपछि रिक्त भएको प्रहरी चौकीको जिम्मेवारी सम्हाल्न सोमबारै जिल्लाबाट एउटा टोली परिचालन गरिएको कार्कीले बताए ।

चौकीको भवन र भौतिक संरचनामा कोरोना भाइरसको संक्रमण हुन सक्ने आशंका भएकाले तत्काल निर्मलीकरण गरिरहेको र चार दिनसम्म खाली छोडेपछि पाँचौं दिनदेखि मात्र त्यसमा सुरक्षाकर्मी बस्‍न थाल्ने उनले बताए ।

Global Ime bank

सोमबार फुलगामा पुगेको सुरक्षाकर्मीको अर्को टोली तत्काल फुलगामास्थित कृषि सेवा कार्यालयमा बसेर सुरक्षा कार्यमा खट्ने नगराइनका नगर प्रमुख परमेश्वर यादवले जानकारी दिए । 

तेस्रो संक्रमित नगराइन नगरपालिका–३ फुलगामा घर भएका ३० वर्षीय एक युवक छन् । उनी दुई साता अगाडि दिल्लीबाट गाउँ फर्केका थिए । दिल्लीस्थित छापाखानामा काम गर्ने ती युवकलाई पनि जनकपुरको आइसोलेसनमा राखेर उपचार थालिएको डीएसपी कार्कीले जानकारी दिए । योसँगै धनुषामा संक्रमितको संख्या ११ पुगेको छ ।

प्रदेश २ मा सोमबारमात्रै संक्रमितको संख्या ५४ जना थपिएको छ । रौतहटमा २६, बारामा २३, धनुषामा ३ र सप्तरीमा २ जना थपिएका हुन् । बाराको गढीमाई नगरपालिकामा एकै दिन २१ जना र रौतहटको राजपुर नगरपालिकामा पनि सोही संख्यामा थपिएका छन् । यसअघि प्रदेश २ मा संक्रमितको संख्या १ सय ७८ थियो । सोमबार दिउँसोसम्म प्रदेश २ मा संक्रमितको कुलसंख्या २३२ पुगेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १२, २०७७  १६:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC