site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कपिलवस्तुमा नर्ससहित ११ जना घर फिर्ता
Ghorahi CementGhorahi Cement

चन्‍द्रौटा । कपिलवस्तुमा नर्ससहित  ११ जना कोरोनामुक्त भई घर फिर्ता भएका छन् ।  कपिलवस्तु अस्पतालमा कार्यरत नर्स कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएको जनाउँदै आज घर फिर्ता भएपछि जिल्लामा कोरोना भाइरसलाई जितेर घर जानेको सङ्ख्या बढेको छ ।

गत वैशाख ३० गते पहिलोपटकको रिपोर्ट पोजेटिभ आएपछि नर्सलाई  अस्पतालको आइसोलेसनमा राखिएको थियो । कपिलवस्तु नगरपालिका तौलिहवा निवासी २५ वर्षीया नर्सलाई घर पठाइएको हो । नर्स सङ्क्रमित भएपछि अस्पतालका कर्मचारी र परिवारसहित ११० को पीसीआर जाँच गर्दा नेगेटिभ आएको थियो ।

Agni Group

नर्सको क्रमशः दोस्रो र तेस्रोपटक यही जेठ १ र ४ गते दुईपटक जाँच गर्दा रिपोर्ट नेगेटिभ आएको थियो । नेपालमै पहिलो स्वास्थ्यकर्मी सङ्क्रमित भएर १४ दिनमै कोरोना जित्न सफल भएको अस्पतालका डा. किशोर बन्‍जाडेले बताए । उनलाई थप एक साता होम क्‍वारेन्टाइनमा बस्‍न सुझाव दिइएको छ । 

शनिबार कपिलवस्तु नगरपालिका तथा मायादेवी र यशोधरा गाउँपालिकाका तीन-तीन र बुद्धभूमि नगरपालिकाका एक जनालाई बुटवलको कोरोना विशेष अस्पतालबाट घर पठाइएको थियो । कपिलवस्तुमा सोमबारसम्म ८३ कोरोना सङ्क्रमण देखिएको छ । -रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १२, २०७७  १४:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC