site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
श्रव्यदृश्यमार्फत म्याद थप
Ghorahi CementGhorahi Cement

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले हिरासतमा रहेकाको जिल्ला अदालतमा म्याद थप श्रव्यदृश्यमार्फत गर्न सुरु गरेको छ । कार्यालय र मातहतका गरी चार मुद्दाका सात आरोपितको म्याद थपसमेत सोही प्रक्रियाबाट गरिएको छ । 

कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नान्तीराज गुरुङका अनुसार इलाका प्रहरी कार्यालय खैरहनीबाट दुई मुद्दा, इलाका प्रहरी कार्यालय टाँडीबाट एउटा र जिल्ला प्रहरी कार्यालयबाट एउटा मुद्दाको श्रव्यदृश्यमार्फत म्याद थप गरिएको हो ।  

Agni Group

कोरोना भाइरसको जोखिम बढ्दै जाँदा सङ्क्रमण एक व्यक्तिबाट अर्को व्यक्तिमा फैलने भएकाले यसको जोखिमको न्यूनीकरणका लागि  जिल्ला अदालतको निर्देशनमा कार्यालयले प्रविधिको प्रयोग सुरु गरेको उनले जानकारी दिए ।

यसअन्तर्गत अनुसन्धानका क्रममा प्रहरी हिरासतमा राख्नुपर्ने आरोपितलाई म्याद थपका लागि अदालत नलगी प्रविधिको प्रयोग गरी प्रहरी कार्यालयबाटै श्रव्यदृश्यमार्फत उपस्थित गराइने कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले बताए । -रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १२, २०७७  १३:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC