site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
शिक्षण अस्पताल महाराजगन्जमा पीसीआर परीक्षण ल्याब (तस्बिरसहित)
Sarbottam CementSarbottam Cement

काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा आज (सोमबार) पीसीआर परीक्षण ल्याब स्थापना गरिएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोशालाका निर्देशक डा. रुना झाले ल्याब पूर्ण क्षमतामा सञ्चालन गर्न आग्रह गरिन् । नेपालमा कोरोना संक्रमणको दर बढ्दो क्रममा रहेकाले परीक्षणको दायरा पनि बढाउन पूर्ण क्षमतामा ल्याब सञ्चालन गर्न उनको आग्रह थियो । अस्पतालका कर्मचारीलाई तत्काल तालिम दिएर परिचालन गरिने झाले बताइन् । 

Prabhu Bank
Agni Group
NIC Asia

त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. धर्मकान्त बास्कोटाले एक ‘सिफ्ट’ मा ९६ जनाको स्वाब परीक्षण गर्ने क्षमताको ल्याब स्थापना भएको बताए । अहिले पूरा क्षमतामा ल्याब सञ्चालन गरी परीक्षणको दायरा बढाउनुपर्ने दायित्व भएको उनको भनाइ छ ।

योसँगै देशभर पीसीआर परीक्षणका लागि १७ ल्याब सञ्चालनमा आएका छन् । संक्रमितको संख्या बढिरहेको अवस्थामा परीक्षणको दायरा बढाउन यसले अझ सहयोग पुग्नेछ । त्रिविसँग तीनवटा पीसीआर मेसिन छन् । त्रिविले देशभरि रहेका आफ्ना भौतिक संरचनाहरू आवश्यक परे प्रयोग गर्न पनि तीनवटै तहका सरकारसँग आग्रह गरेको छ । 
Image may contain: one or more people and indoor
Image may contain: one or more people, people standing and text

Global Ime bank

तस्बिरहरु : स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालका प्रेस सल्लाहकार माधवप्रसाद तिवारी । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १२, २०७७  १३:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC