site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
इद उल फित्रमा कोरोना अन्त्यको प्रार्थना
Sarbottam CementSarbottam Cement

बाँके । नेपालगन्‍जका मुसलमान धर्मावलम्बीले इद उल फित्र पर्वको विशेष नमाजमा कोरोना भाइरस अन्त्यको प्रार्थना गरेका छन् । नेपालगन्‍जस्थित बीपी चोकमा रहेको इदगाहमा आज सामाजिक दूरी कायम गरेर न्यून सङ्ख्यामा नमाज पढिएको थियो । 

सामूहिक नमाज पढ्ने परम्परा रहे पनि यस वर्ष कोरोना महामारीको सङ्क्रमण रोकथामका लागि जारी बन्दाबन्दीका कारण घरमै बसेर कोरोना भाइरस समाप्तिको प्रार्थना गरिएको केन्द्रीय हज कमिटीका पूर्वअध्यक्ष एवम् धर्मगुरु मौलाना अब्दुल जब्बार मञ्‍जरीले बताए । ‘‘कोरोना भाइरस महामारी फैलिएकाले देशमा त्रास छ, नागरिकले आ-आफ्नो घर बसेर इद उल फित्रको प्रार्थना गरेका छन्,’’ धर्मगुरु मञ्‍जरीले भने, ‘‘कोरोना भाइरसका कारण परम्परागत धार्मिक तरिकाले मनाउन नपाइएकाले यस वर्ष नमाजमा कोरोना भाइरस अन्त्यको कामना गरिएको हो ।’’

Prabhu Bank
Agni Group
NIC Asia

सङ्क्रमण रोकथामका लागि जारी बन्दाबन्दीलाई ख्याल गर्दै मस्जिद जानुको साटो आफ्नै घरमा नमाज पढ्नु राम्रो हुने भएकाले मुसलमान समुदायलाई सोहीअनुसार पालना गर्न धर्मगुरुबाट आग्रह गरिएको उनको भनाइ छ ।  अरबी पात्रो हिजरी संवत्अनुसार दशौँ महिनाको पहिलो दिन आज मुसलमानहरुले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर इद उल फित्र पर्व मनाउँदै छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य नेपालगन्‍ज मुसलमान समुदायका अगुवा मोहम्मद हारुन हलवाईले इद उल फित्र पर्वको पहिलो दिन सोमबार विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडाकहाँ गएर आशीर्वाद लिने परम्परा रहेको बताए । यस पर्वमा आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ । आशीर्वाद लिन आउने आफन्तलाई सेवई र खजुरलगायत मीठा खानेकुरा खान दिने चलन छ । खुसीपूर्वक दान गरेर दीनदुःखीलाई बाँडिने भएकाले यस पर्वलाई इद उल फित्र भनिएको हो ।

Global Ime bank

बाँकेमा एकजनाको ज्यान जानुका साथै ठूलो सङ्ख्यामा कोरोना सङ्क्रमित देखिएका कारण यस वर्ष पारिवारिक भेटघाटमा  सामाजिक दूरी कायम गर्दै सचेतनाका साथ आ-आफ्नै घरमा इद उल फित्र पर्व मनाउन थालिएको हलवाईले बताए । यस वर्ष गत वैशाख १३ गतेदेखि मुसलमान समुदायको एक महिने व्रत (रोजा) सुरु भएको थियो । व्रत तोडिएपछि आज विशेष नमाज पढेर इद उल फित्र मनाइने गरिन्छ ।

नरैनापुरमा पर्व प्रभावित 
कोरोनाको  केन्द्रविन्दु  बाँकेको नरैनापुरमा यस वर्षको इद उल फित्र प्रभावित भएको छ ।  मुसलमान समुदायको बाहुल्य रहेको नरैनापुरमा एक जनाको ज्यान जाने गरी ११४ जनामा सङ्क्रमण देखिएकाले यस वर्षको पर्व पारिवारबीच पनि मनाउन नपाइको गाउँपालिकाका अध्यक्ष इस्तियाकअहमद साहले जानकारी दिए । 

उनका अनुसार नरैनापुरका सङ्क्रमित ११३ जना आइसोलेसनमा रहेको र ठूलो सङ्ख्यामा क्‍वारेन्टाइनमा रहेका कारण यस वर्षको  पर्व पूर्ण रुपले प्रभावित भएको छ । -रासस

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १२, २०७७  १३:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC