site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
भारतबाट एक सातामै करिब ५ हजार भित्रिए
Ghorahi CementGhorahi Cement

जनकपुर । कोरोना भाइरस (कोभिड १९) को संक्रमण बढेसँगै भारतले गरेको लकडाउन अवधि अनिश्चितकालका लागि लम्बिँदै गएपछि त्यहाँ रहेका नेपालीहरू फर्किने क्रम बढेको छ ।

भारतमा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि नेपालमा पनि लकडाउन गरियो । सोही क्रममा नेपाल–भारतबीचको खुला सीमाबाट आवागमनमा पूर्ण रोक (सिल) लगाइयो ।  तर, सीमामा खटिएका सुरक्षाकर्मीको आँखा छलेर मध्यरातमा खेत–खेतै पारिबाट वारि आउनेको संख्या बढेपछि अहिले स्वदेश फर्किनका लागि सहज बनाइएको छ । 

Agni Group

प्रदेश स्तरीय सुरक्षा संयन्त्रको पहलमा सबै जिल्लाका सुरक्षा समितिहरूले स्थानीय तहका प्रमुखहरूसँग बैठक बसेर नेपाली विद्यार्थी तथा कामदारलाई भारतबाट व्यवस्थित ढंगले फिर्ता ल्याउन छलफल गरेको थियो । जेठ ३ गते बसेको बैठकले स्वदेश फर्किने सबैलाई जिल्लाको एउटै नाका प्रयोग गर्न आग्रह गरियो । 

जेठ ४ देखि ११ गतेसम्म धनुषाको जटही नाका भएर भारतबाट फर्किनेको संख्या ८३४ पुगेको छ । यसैगरी अन्य जिल्लामा पनि भारतबाट नेपालतर्फ सीमा पार गर्न नाका निर्धारण गरिएको छ । यो अवधिमा प्रदेश २ का सबै (आठ) जिल्लामा गरी ४ हजार ९ सय ७२ जना नेपाल प्रवेश गरेका छन् । नेपालको इँटा भट्टा, सैलुनलगायत क्षेत्रमा काम गर्ने ५ सय ६३ भारतीय पनि सीमापारि गएको प्रदेश २ प्रहरी कार्यालयका प्रमुख डीआईजी धीरजप्रताप सिंहले बाह्रखरीलाई जानकारी दिए । उनका अनुसार आइतबार मात्रै सात सय ४२ नेपाली भारतबाट नेपाल प्रवेश गरेका छन् ।

Global Ime bank

अध्ययन गर्न र रोजगारीको सिलसिलामा भारतका विभिन्न सहरमा रहेका नेपाली दैनिक सातदेखि आठ सयको संख्यामा फर्किरहेका छन् । उनीहरू सबैलाई क्वारेन्टाइनमा व्यवस्थापन मिलाउन स्थानीय तहहरूलाई हम्मे परिरहेको छ । प्रदेश २ मा सञ्चालित २ सय ६४ क्वारेन्टाइनमा सोमबार ९ हजार २ सय २० जना बसेका छन् । त्यस्तै ५ हजार २ सय ९६ जना होम क्वारेन्टाइनमा रहेको प्रदेश २ को सामाजिक विकास मन्त्रालयले जनाएको छ । सोमबारसम्म मुलुकभर ६ सय ७५ मा संक्रमण पुष्टि भएकामा प्रदेश २     मा मात्रै २ सय ३० पुगेको छ । संक्रमितको तथ्यांक र भारतबाट फर्किनेको अवस्था हेर्दा यस प्रदेशले धान्नै नसक्ने भयावह स्थिति आउन सक्ने मन्त्रालय स्रोतको भनाइ छ । 

क्याप्सन
क्षमताभन्दा बढी संख्या पुगेपछि अस्तव्यस्त देखिएको धनुषाको सबैलामा रहेको क्‍वारेन्टाइन । तस्बिर : सुरेश यादव/बाह्रखरी
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १२, २०७७  १२:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC