site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कोभिड – १९ मा रूपान्तरणको अवसर

कोभिड – १९ को महामारी तथा यसको दीर्घकालिन समाधानका उपाय नहुन्जेल देशको वर्तमान संकटको सामना गरी आर्थिक क्षति  र सामाजिक वितृष्ण कम गर्न राज्य, प्रशासन, नागरिक समाज र बुद्धिजीवीहरुको सामूहिक प्रयत्न आवश्यक देखिन्छ । तत्काल देखिएको स्वास्थ्य समस्याको व्यवस्थापनसँगै स्थानीय सरकारहरुले भूमिको वर्गीकरण गरी सामूहिक र व्यावसायिक कृषि प्रणाली सुरु गर्नुपर्ने देखिन्छ । पेशा व्यवसायकै आधारमा निर्माण हुने सामाजिक विभेद हटाएर जनतालाई आफ्नो व्यवसायप्रति उच्चसम्मान दिइने शासकीय प्रणाली निर्माण गर्नुपर्छ ।   

यस महामारीको कारणले स्वदेशमा फर्किन बाध्य भएका वा स्वेच्छाले फर्किन चाहनेहरुलाई सरकारले स्वदेश फर्किन सहजीकरण गर्नुपर्छ । स्वदेश फर्किँदा लाग्ने खर्च आफँै व्यवस्था गर्नसक्ने वा राज्यकोषबाट गर्नुपर्ने पहिचान गरी सोहीअनुसार व्यवस्था मिलाउनुपर्छ । स्थानीय तथा प्रादेशिक सरकारसँग समन्वयगरी विश्व स्वास्थ्य संगठन र नेपाल सरकारको स्वास्थ्य निर्देशिकाअनुसार एकान्तवासको नियम अनिवार्य रुपमा पालन गर्न लगाएरमात्र समाजमा घुलमिल गर्न मिल्ने व्यवस्था तत्काल मिलाउनु आवशयक छ । 

यसरी स्वस्देश फर्किएका युवा जनशक्तिलाई आफ्नो क्षेत्रमा उपलब्ध स्रोत साधनको उपयोग गर्न सहजीकरण गर्ने, समाज र संस्कृति अनुकूल व्यवसाय संचालन गर्न परिचालन गर्ने, र संविधानमै व्यवस्था भएबमोजिम स्थानीय तहमा वास्तविक सहकारीको अवधारणा व्यवहारमा लागू गरी कृषि व्यवसायलाई बजारीकरण गर्ने । कृषि पेसाको व्यावसायिक विस्तारमा अहिले देखिएको प्रमुख चुनौती सिंचाई र जलवायु परिवर्तनको कारणले हुन सक्ने जोखिम न्यून गर्न वास्तविक कृषकलाई पर्याप्त तालिमको व्यवस्था मिलाउने । नत्र, भविष्यमा  माग र आपूर्तीबीच उत्पन्न हुने असन्तुलन र प्राकृतिक विपत्तिको करणले नेपालमा कोभिड–१९ भन्दा भयावहरुपमा भोकमरी हुनसक्ने देखिन्छ। साथै उपयुक्त समयमा वैदेशिक रोजगारमा गएका नेपालीलाई व्यवस्थापन गर्न नसके उनीहरु विद्रोहमा उत्रनसक्ने हुँदा अराजकता उत्पन्न हुनसक्ने देखिन्छ ।

Prabhu Bank
Agni Group
NIC Asia

कृषिको व्यवसायीकरण गर्न सके खाद्यान्न आयात कम भएर वैदेशिक  मुद्रा जोगिने हुँदा तरलताको अभाव थोरै भएपनि कम गर्न र वैदेशिक  व्यापार घाटा नियन्त्रण गर्न मद्दत हुन्छ । तर, व्यावसायिक कृषि प्रणालीको लागि पर्याप्त भूमिको अभाव हुने भएकाले साना इकाइमा उत्पादन भएका कृषि उपजलाई सहज बजार पहुँचको व्यवस्थापन गर्न स्थानीय तह अग्रसर हुनुपर्नेछ।

विगतमा व्यवसायीहरुले वास्तविकभन्दा पृथक वासलात पेस गरी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिने प्रवृत्तिलाई नियन्त्रण गर्न नियामक निकाय तथा नेपाल सरकारले कर चुक्ता प्रमाण पत्रको आधारमा मात्र ऋण प्रदान गर्न निर्देशन गरेको छ । अहिले व्यवसायीहरुले कोभिड –१९ को कारणले व्यवसाय अप्ठेरोमा परेकोले कर छुट, ऋणको ब्याजमा सहुलियत र सम्पत्ति शुद्धीकरणजस्ता विषयमा लचिलो हुन माग गरेका छन् । देशका करोडौं नागरिकले बचत गरेको निक्षेपलाई बेवास्ता गरी केही लाख ऋणीलाई सहुलियत प्रदान गर्न प्रतक्ष्यपरोक्षरुपमा दिइएको दबाबलाई  पनि उचित मान्न सकिन्न ।  यसकारण सबैको हित हुने गरी नेपाल सरकार तथा नियामक निकायले आवश्यक समन्वय र सहजीकरण गरी वित्तीय स्थायित्व सिर्जना गर्नु आवश्यक छ ।     

Global Ime bank

विश्वविद्यालयहरुको प्राज्ञिक तथा शैक्षिक गुणस्तर कायम गर्न अनुसन्धानात्मक  पद्धतिबाट पठनपाठनको व्यवस्था मिलाउन तिनलाई स्वतन्त्र प्राज्ञिक थलोमा रूपान्तरण रुपमा विकास आवश्यक छ । विश्वविद्यालयले अनुसन्धान नाममात्रमा सीमित भएकाले वर्तमान व्यवस्थाको पुनर्संरचना गरी व्यवस्थापन खर्च कम गर्ने, नयाँ संरचना बनाउनुको साटो पुराना संरचनालाई एकीकृत गर्ने । उदाहरणका लागि नेपाल संस्कृत विश्वविद्यालयलाई संस्कृत अध्ययन संस्थान, कृषि विश्वविद्यालयलाई कृषि अध्ययन संस्थानका संचालन गरी प्रशासनिक खर्च कम  गर्ने । यसबाट जोगिएको रकम अनुसन्धानमा खर्च गर्ने हो भने देशको संस्कृति, समाज र भूगोलसँग मेल खाने शैक्षिक गतिविधि विकाश गर्न सकिन्छ । 

यसरी एकीकृतरुपमा विश्वविद्यालयको संरचना निर्माण गर्दा विगतमा जस्तो केन्द्रीकृत संरचनाको साटो विज्ञान तथा प्रविधि प्रयोग गरी प्रादेशिक संरचनाका रूपमा निर्माण गर्ने । शैक्षिक क्षेत्रमा  लाग्ने प्रशासनिक खर्च कम गरी विश्वविद्यालयहरुको स्वायत्तता कायम गर्न सक्ने हो भने अनुसन्धानात्मक विधिबाट दक्ष तथा प्राविधिक जनशक्ति उत्पादन गरी देशको संस्कृति, इतिहास, भूगोल, सामाजिक संरचना, पर्यटन आदिलाई विश्व बजारमा सजिलै प्रवेश गराउन सकिन्छ ।  यसका लागि देशको दूरगामी विकास, सन्धिसम्झौता, नीतिगत व्यवस्था आदिको निर्णय गर्नु अगाडि स्वतन्त्र अध्ययन अनुसन्धान गराउनु वाञ्छनीय हुनेछ ।

कोभिड – १९ को कारणले देशको आर्थिक क्षति  कम गर्न अर्थतन्त्रलाई चलायमान बनाउने हो भने विलासिताका वस्तु आयातमा प्रतिबन्ध लगाउने, स्वदेशमै उत्पादित दैनिक उपभोग्य वस्तु बजारसम्म आइपुग्ने वातावरण निर्माण गर्ने, बन्दाबन्दीको समय बढाउँदै जाँदा सम्पूर्ण नागरिकको दैनिकीमा असर पर्ने भएकाले निश्चित स्वास्थ्य मापदण्ड अपनाई आर्थिक क्रियाकलापलाई क्रमशः चलायमान बनाउदै लैजाने ।   बन्दाबन्दीको समयमा सुरक्षा निकाय, स्वास्थ्यकर्मीले यात्रीहरुको प्रतक्ष्य निगरानी गर्न सकने गरी आवागमनको व्यवस्था मिलाउने । लुकिछिपी यात्रा गर्दा मानवीय स्वास्थ्यमा गम्भीर समस्या देखिको छ ।   

अन्त्यमा, अब पनि एकजना युवा पशुचिकित्सकले सुँगुरको उपचार गर्दा जात जान्छ भनेर लामो समयको लगन र मेहेनतलाई तिलाञ्जलि दिएजस्तै गर्ने हो भने नेपाली समाज कोभिड –१९ बाट हुने आर्थिक क्षतिका कारणले अझै केही दशक उन्नत हुनसक्ने अवस्था देखिन्न । यसकारण सामाजिक वर्जनालाई बिर्सेर सबैले आफ्नो पेसा व्यवसायलाई उच्च सम्मान दिने गर्नुपर्छ ।  
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १२, २०७७  ०७:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC