site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
 कोभिड -१९ ले कृषि क्षेत्रमा पारेको असर 

चीनको वुहानबाट विश्वभर फैलिएको कोभिड -१९ संक्रमणबाट हालसम्म तीन लाखभन्दा बढीको मृत्यु भइसकेको छ भने ५४ लाख जनसख्या संक्रमित भएका छन् । विश्वका शक्तीशाली र विकसित राष्ट्रमा समेत यसको महामारी फैलिरहेको छ । मानिसहरूको दिनचर्या अस्तव्यस्त भएको छ ।

विश्वका अधिकांश मुलुकको अर्थिक वृद्धिदर त्रत्णात्मक वा शून्य हुने चेतावनी विश्व बैंकले दिइसकेका छ । यसको असर नेपालमा पनि  परेको छ ।  

नेपालको अर्थतन्त्रको अधारस्तम्भका रूपमा रहेका कृषि, वैदेशिक रोजगारी, पर्यटन, व्यापार, उद्योग, हवाई उडान तथा यातायात सेवा, शैक्षिक क्षेत्रलगायत सबै नै प्रत्यक्ष र पूर्णरूपमा  प्रभावित बनेको छ । मुलुक विगत अढाइ महिनादेखि बन्दाबन्दीमा छ । यसको असरले विकराल रूपलिन सक्ने देखिन्छ । वैदेशिक रोजगारीबाट फर्केका युवालाई स्वदेशमा स्थापित गर्नु, मुलुकमा रहेका शिक्षित युवा जनशक्तिलाई रोजगारीमा  संलग्न गराउनु, अस्ताएको पर्यटन व्यवसायलाई जगाउनु तथा अन्य उद्योग, व्यापार, शैक्षिक क्षेत्रलाई पूर्ण गतिशील बनाउनु निकै चुनैतीपूर्ण छ । त्यसैगरी कृषि क्षेत्रमा यसको  प्रत्यक्ष  असर परेको छ । उत्पादित खाधान्न, तरकारी, फलफूलको उपयुक्त बजार नहुनु, लागतअनुसारको मूल्य नहुनुजस्ता समस्याले गर्दा उत्पादित वस्तु खेर गइरहेको छ भने उपभोक्ता महंगीको चपेटामा परेका छन् ।
यस्तो अवस्थामा सरकारद्वारा कृषि क्षेत्रका लागि विशेष कार्यक्रम तथा योजना ल्याउनुपर्ने देखिन्छ ।

Prabhu Bank
Agni Group
NIC Asia

•     योजना तथा बजेटमा कृषिलाई विशेष प्राथमिकतामा राख्ने ।

•    कृषियोग्य भूमिलाई पूर्णरूपमा उपयोग गर्ने निती ल्याउने । 

Global Ime bank

•    कृषिलाई अधुनिकीकरण र विविधीकरण गर्ने ।

•    बीउबीजन तथा रासायनिक मल सहजरूपमा उपलब्ध गराउने । 

•    कृषि कर्जालाई सहुलियत ब्याजमा उपलब्ध गराउन वितिय संस्थासँग सम्झैता गर्ने ।

•    विद्यालय तथा विश्वविद्यालय स्तरमा कृषि प्राविधिक शिक्षालाई अनिवार्य गर्ने ।

•    कृषिमा आधारित उद्योग तथा बगर खेती प्रविधिमा जोड दिने ।

•    रासायनिक मल स्वदेशमै उत्पादन गर्न लगानी मैत्री वातावरण निर्माण गर्ने ।

•    कृषि बिमा अनिवार्य गर्ने ।

मुलुकमा कोभिड -१९ को प्रभावले गर्दा निकट भविषयमा खाद्य संकटको  अवस्था अउनसक्ने जोखिम छ । विगत वर्ष करिब ७१ अर्बको खाद्यान्न नेपाल भित्रिएको भने बीउ तथा मल समेत  भारत, बंगलादेश, भुटानजस्ता मुलुकबाट आयात गर्नुपर्ने अवस्था छ । तसर्थ रासायनिक मलको उद्योग स्वदेसमा स्थापना गर्न सकेमा ठूलो संख्यामा रोजगारी सृजना हुनुको साथै ठूलो रकम बाहिरिनबाट जोगिने थयो । साथै कृषि सामग्री सुपथ मूल्यमा सर्वसुलभ गराउन सके कृषि उत्पादनमा वृद्धि भइ मुलुक कृषिमा अत्मनिर्भर हुनुका साथै अर्थतन्त्रमा समेत योगदान हुनसक्थ्यो । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १२, २०७७  ०७:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC