site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
यस वर्ष मनसुनमा औसत वर्षा हुने
Sarbottam CementSarbottam Cement

काठमाडौं । यस वर्ष मनसुनमा मुलुकभर औसत वर्षा हुने भएको छ । दक्षिण एशियाली जलवायु दृष्टिकोण मञ्‍च ‘सास्कोप’ ले हालै नेपालसहित समग्र दक्षिण एशियाको मनसुन विश्लेषण गर्दा मनसुनमा मुलुभर औसत वर्षा हुने प्रक्षेपण छ ।

विश्व मौसम सङ्गठनको अगुवाइमा सास्कोपले हरेक वर्ष मनसुन सुरु हुनुभन्दा एक महिना अगावै दक्षिण एशियाली क्षेत्रको मनसुनसम्बन्धी दृष्टिकोण तयार गर्दै आएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

साधारणतया अङ्ग्रेजी महिनको जुन १० देखि सेप्टेम्बरसम्मका चार महिनाको अवधिलाई दक्षिण एशियाली मनसुन अवधि मानिन्छ । सो अवधिमा नेपालमा वार्षिक वर्षाको करीब ८० प्रतिशत वर्षा हुने गर्छ । 

मौसमविद् प्रतिभा मानन्धरका अनुसार मनसुन अवधिमा मुलुकभरको औसत वर्षाको मात्रा एक हजार ४९९ दशमलव ६ मिलिमिटर रहेको छ । यो भन्दा १० मिलिमिटर बढी वा कम वर्षा भए पनि औसत वर्षा नै मानिने बताइएको छ । 

Global Ime bank

यस्तै काठमाडौंको वार्षिक वर्षा एक हजार ४५४ दशमलव ८ मिलिमिटर रहेको छ । “कम वर्षा हुने भन्दैमा बाढी पहिरोजस्ता प्राकृतिक प्रकोप नहुने भन्ने हुँदैन । केही घण्टाको मुसलधारे वर्षाले ठूलो प्राकृतिक प्रकोप हुन सक्छ”, मौसमविद् मानन्धरले भने ।  

सामान्यतया १० जुनमा पूर्वी नेपालबाट मनसुन प्रवेश गरी केही दिनमा देशभर फैलिने गर्छ । यस वर्ष नेपालमा मनसुन औसत समयभन्दा केही दिन छिटो भित्रने मौसमविद्को अनुमान रहेको छ । 

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १९ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम २९ दशमलव ४ डिग्री सेल्सियस रहेको छ । आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम ८ दशमलव शून्य डिग्री र सबैभन्दा बढी दिपायलको अधिकतम तापक्रम ३९ दशमलव ६ डिग्री सेल्सियस रहेको छ । - रासस

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १२, २०७७  ०५:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC