site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
अर्को पीसीआर किन्छौँ, २७ हजार जनामा टेस्ट गर्छौं : मुख्यमन्त्री
Ghorahi CementGhorahi Cement

पोखरा । गण्डकी सरकारले २७ हजार जनाको कोरोना परीक्षण गर्ने जनाएको छ । आइतबारदेखि सुरु भएको गण्डकी प्रदेशसभाको वर्षे अधिवेशनलाई सम्बोधन गर्दै प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कोरोना भाइरस परीक्षणको दायरा बढाउने र थप १३ करोड रुपैयाँ बजेट छुट्याउने बताएका हुन् ।

सरकारले सुरुमा स्थापना गरेको १५ करोडको कोरोना राहत कोषमा विभिन्न व्यक्ति र संस्थाको सहयोगले १८ करोड मौज्दात पुगेको, त्यसमा ३ करोड रुपैयाँ जति खर्च भएको उनले जानकारी दिए ।

यस्तै, विदेशबाट आउने मान्छेहरूको पीसीआर गर्दा बजेट अपुग भए विकास निर्माणको बजेट नै सरेन्डर गरेर ल्याइने उनले बताए ।

Agni Group

“अब विदेशबाट आउने मान्छे बढ्छन्, सबैको पीसीआर गराउनुपर्‍यो, हाम्रो खर्च बढ्छ । हामीले भनेका छौँ, २७ हजारको पीसीआर खर्च, उपकरण खर्च, स्वास्थ्यकर्मीहरूको खर्च गरी थप १३ करोड लाग्छ भन्नुभएको छ, यो खर्च हामीले कोषबाट पूर्ति गर्छौं, नपुगे विकास निर्माणको बजेट सरेन्डर गरेर ल्याउँछौँ,” उनले भने ।

कोरोना परीक्षणको दायरा बढाउन आर्टिफिसियल पीसीआर मेसिन ल्याउने गण्डकी एकमात्र प्रदेश रहेको र थप एक मेसिन ल्याउने तयारी गरिरहेको उनले जानकारी दिए ।

Global Ime bank

“भारतबाट पनि आउँदै छन्, अन्य मुलुकबाट एयर कार्गोमा ल्याउने कुरा हुँदैछ, साउन मसान्तसम्म गण्डकीमा ३० हजार मानिस आउँछन्, भन्ने अनुमान छ, असारमा मात्रै १० हजार आउँछन्, भन्ने अनुमान छ । हामीलाई दुइवटा पीसीआरले पुग्दैन, हामीले अर्को मेसिन ल्याउँछौँ, स्वाब लिने प्राविधिकलाई पनि नयाँ प्रविधिको बारेमा जानकारी दिन्छौँ,” उनले भने ।

११ वटै जिल्ला अस्पतालमा पीपीईसहित अत्यावश्यक उपकरण र सवारी किन्न १३ करोड ४९ लाख रुपैयाँ उपलब्ध गराइसकेको पनि उनले जानकारी दिए ।

सुरुमा सामान किन्न संघको भर परेको तर, संघको सामानको विश्वसनीयता नभएको हुँदा संघसंस्थाहरूले दिएका सामग्रीहरूबाट पनि भरथेग गरिएको जनाए ।

सुरुमा नै सीमानाका परीक्षणमा कडाई गरिएका कारण गण्डकीले हालसम्म कोरोना नियन्त्रण गर्न सफल भएको उनले बताए । यद्यपि गण्डकीमा भेटिएका कोरोना संक्रमित बाह्य कारणले भित्रिएको उनले जानकारी दिए ।

यस्तै, कोरोना नेपालका लागि अवसर हुन सक्ने पनि उनले बताएका छन् ।

“कालो बादलभित्र चाँदीको घेरा हुन्छ भनेजस्तै, मैले त कोरोना भाइरसलाई एउटा अवसरका रूपमा पनि देखेको छु । गण्डकी प्रदेशले स्वास्थ्य क्षेत्रमा एक फड्को अगाडि बढ्छ” उनले भने । 
मान्छे बढ्दै गएमा क्‍वारेन्टाइनका लागि कृषि र शिक्षाका तालिम केन्द्रलाई पनि व्यवस्थापन गर्न सक्ने, संक्रमितको उपचार सरकारले व्योहोर्ने, स्वास्थ्यकर्मीका लागि भत्ता लगायतका निर्णय गरिएको उनले बताए ।
प्रदेशका सीमानाका, भारतीय नाकाबाट नेपाल भित्रिएकाहरूलाई राम्दी, दाउन्ने, मुग्लिङलगायतका नाका व्यवस्थित गरिएको र सम्बन्धित जिल्लासम्म नागरिकलाई पुर्‍याउने र आएकाहरूको पीसीआर टेस्ट गर्ने व्यवस्था मिलाइएको उनले बताए । जिल्ला पुगेका नागरिकको त्यहीँ गठित संकट व्यवस्थापन समितिले नै व्यवस्थापन गर्ने उनले बताए । 

उनले गण्डकी प्रदेशमा निर्माण, कृषि निर्माण सामग्री र उद्योगका कच्चा पदार्थको सहज आपूर्ति गराउने, जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत् गरिने जानकारी पनि दिए ।

यसका लागि हार्डवयर, कृषिका पसलहरू ११ बजेदेखि दिउँसो १ बजेसम्म खोल्ने तयारी गरिएको तथा विकास निर्माणका कामको सहजीकरण प्रदेश सीएमसीले गर्ने व्यवस्था मिलाउने जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ ११, २०७७  २०:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC