site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
भारतबाट आएका दुई हजार नेपाली सीमामै रोकिए
Sarbottam CementSarbottam Cement

विराटनगर । भारतले लकडाउन खुकुलो गरेको छ । रेल र यातायातका साधन खुला भएका छन् । यातायातका साधन सञ्चालनमा आएसँगै भारतसँग सीमा जोडिएका प्रदेश १ का नाकाबाट नेपाली भित्रने क्रम पनि बढेको छ ।

प्रदेश १ का नाकाहरूबाट कतिपय मानिस नेपाल प्रवेश गरिसकेका छन् । पारि भारतमा पनि प्रतीक्षारत छन् । कतिपयलाई भने सरकारकै पहलमा होल्डिङ एरिया तथा क्वारेन्टाइनसम्म लगि सकिएको छ ।

प्रदेश सरकारले करिब १० हजार मानिस पश्चिम–बंगाल र बिहारसँग जोडिएका नेपाली सीमा क्षेत्रबाट नेपाल प्रवेश गर्ने अनुमान गरेको छ । तर, केही दिनयता विभिन्न सीमानाकामा थुप्रिएका दुई हजार मानिसमध्ये केही नेपाल आइसकेका छन् । अरू नेपाल–भारत सीमामा स्वदेश फर्कने आशमा पालो कुरेर बसेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

प्रदेश १ का सामाजिक विकास मन्त्रालयले यसरी नेपाल प्रवेश गर्ने १० हजार मानिसमा पीसीआर विधिबाट कोरोना भए नभएको परीक्षण गर्ने तयारी गरिसकेको छ । सामाजिक विकासमन्त्री जीवन घिमिरे भन्छन्, “दश हजारजति मानिस आउने अनुमान गरिएअनुसारै परीक्षणको दायरा पनि बढाउने तयारी गरिएको हो ।”

सुरक्षा निकायले आफ्ना समयन्त्रमार्फत संकलन गरेको तथ्यांकअनुसार दुई हजार नेपाली प्रदेश १ को सीमासम्म आइपुगेका छन् । तीमध्ये ७ सयभन्दा धेरैलाई होल्डिङ एरिया र क्वारेन्टाइनमा लगिएको छ । केही दिनअघि झापाको कचनकवलबाट नेपाल छिरेका मानिसहरूमा क्वारेन्टाइन स्थलमै परीक्षण गर्दा कोरोना देखिएको थियो । उनीहरूको विराटनगरमा उपचार भइरहेको छ । 

Global Ime bank

प्रदेश १ प्रहरी कार्यालयको तथ्यांकअनुसार हालसम्म दुई हजारजति मानिस झापा, मोरङ, सुनसरी र इलामको नाकासम्म आईपुगेका छन् । रेल चल्नेदर भारतमा अझ बढेसँगै थप मानिस बढ्ने र यो क्रम केही दिनसम्म चल्ने कार्यालयले जनाएको छ । 

प्रदेश प्रहरीको तथ्यांकअनुसार जम्मा एक हजार नौ सय ४८ जना सीमासम्म आइसकेका छन् । झापाको विभिन्न नाकामा सबैभन्दा धेरै १४ सय ३० जना, मोरङतर्फ ३ सय ४१ जना, सुनसरीतर्फ ११४ र इलाममा ६३ जना छन् । तीमध्ये पुरुष १५ सय २४, महिला ४१० र बालबालिका १४ जना छन् । सरकारले तयार गरेका होल्डिङ एरिया र क्वारेन्टाइनमा ७ सय १८ जनालाई राखिएको छ । 

प्रदेश १ का काँकडभिट्टा र जोगबनी नाकाबाट आउने मानिसको संख्या बढ्दो क्रममा छ । केही दिनअघि भारतको महाराष्ट्रलगायत क्षेत्रबाट बस चढेर आएका तीन सय जति मानिस जोगबनी क्षेत्रमा छन् । मोरङका साना नाकाहरू तर्फबाट आउन खोज्ने मानिसहरूसमेत प्रतीक्षामा छन् । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता (डीएसपी) सुमनकुमार तिम्सिनाले भने, “मानिसहरू भारत सीमासम्म आउने क्रम दिनहुँ बढ्दो छ । हाम्रा कार्यालयहरूबाट सीमामा आउने मानिसको विवरण अद्यावधिक गरिरहेका छौं ।” प्रवक्ता तिम्सिनाले मानिसहरू नेपाली सीमातर्फ आउने क्रम अझै केही दिनसम्म जारी रहने बताए । 

प्रदेश १ सरकारका प्रवक्ता तथा आन्तरिक मामिलामन्त्री हिक्मतकुमार कार्कीले भारतबाट आउने मानिस अन्यत्रभन्दा यो प्रदेशमा कम हुने सरकारको आकलन गरिएको बताउँदै भने, “सीमासम्म आएका मानिसहरूलाई नेपालतर्फका होल्डिङ एरियामा राख्ने, स्वास्थ्य परीक्षण गर्ने र सम्बन्धित पालिकाकाका क्वारेन्टाइनमा पठाउने नै सरकारको रणनीति हो । तर, संक्रमण देखिए सरकारले तयार गरेका अस्पतालमा उपचार गर्न पठाउँछौं ।” मन्त्री कार्कीले प्रदेश १ का सीमामा अन्य प्रदेश जानुपर्ने नेपालीहरूसमेत आएको बताएका छन् । 

प्रदेश सरकारले संक्रमण फैलावटको तथ्यलाई हेरेर प्रदेशभर ४० हजार जनामा परीक्षण गर्ने तयारी गरेको छ । होल्डिङ एरिया १५ हजार जना अटाउन सक्ने गरी तयार गरिएको छ । यसैगरी आइसोलेसनको शय्या थप्न सरकारले काम थालिसकेको छ । 

लकडाउनसँगै विराटनगरको रानीमा अवस्थित नेपाल–भारत सीमाको जोगबनी नाकामा नेपालतर्फ बन्द गरिएको ढाट । तस्बिर : बाह्रखरी

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ ११, २०७७  १३:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC