site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

सम्भवतः पञ्चायत कालमा भएको तर त्यसपछि पनि सच्याउने प्रयास नगरिएको गल्ती कालापानीदेखि लिपुलेकसम्म समेटिएको नेपालको पुरानै नक्सा जारी गरेर सच्याएको छ । नेपालको पुरानै नक्सा फेरि जारी गर्ने सरकारको निर्णयमा प्रमुख विपक्षी नेपाली कांग्रेसलगायत देशमा व्यापक समर्थन देखियो । तर, नक्सा सार्वजनिक गर्दा सबैले साथ दिएपछि सरकार लंकाबाट फर्केका बानर सेनाजस्तो हुने लक्षण बढेकोे छ । अर्कातिर हालै एकीकृत मधेस केन्द्रित दल जनता समाजवादी पार्टी (जसपा)का नेताहरू नक्सालाई संविधानको अंग बनाउने प्राविधिक प्रक्रियामा पनि राजनीतिक लाभ हासिल गर्ने दाउमा लागेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र उनको समूह भने नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको सत्ता संघर्षमा माथि पर्न र कोभिड–१९ को व्यवस्थापनमा भएको असफलता छोप्न यस अवसरलाई प्रयोग गर्ने रणनीतिमा देखिएको छ । अहिले देश संकटमा छ । कोभिड–१९को महामारी सरकारले व्यवस्थापन गर्न नराम्ररी चुकेकाले आगामी दिन भयावह हुनसक्छ । नेपाल संकटमा परेकै बेला सताउने बानी परेको भारतलाई नक्सा नयाँ निहुँ हुनसक्छ । यसैले प्रमुख विपक्षी दल नेपाली कांग्रेसको भूमिका अहिले निर्णायक र महत्त्वपूर्ण हुनपुगेको छ , कांग्रेसका नेतालाई चेतना भया ! 

हालै परिमार्जित नक्सालाई संविधानको अंग बनाउन नेपालको संविधान, २०७२ मा केही प्राविधिक संशोधन गर्ने तयारी सरकारले गरेको छ । त्यसक्रममा सरकारले संविधान संशोधनको प्रस्ताव तयार गरेको पनि सार्वजनिक भएको छ । संसद्मा प्रतिनिधि सभामा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दुईतिहाइ बहुमत छैन । संविधान संशोधन प्रस्ताव पारित हुन अर्को कुनै दलले प्रस्तावका पक्षमा मत दिनु जरुरी हुन्छ । तर, अहिलेसम्म सरकारले संविधान संशोधनका सम्बन्धमा अर्को कुनै दल त के सत्तारुढ दलैभित्र पनि कुनै छलफल गरेको देखिएन । भारतसँगको विवादमा राष्ट्रिय सहमति जुटेको बेला संशोधन सहजै पारित होला तर कांग्रेसले संशोधनका बेला मत दिइहाल्छ भने पूर्व सहमतिको प्रयास नगर्नु सरकारको परिपक्वता र बुद्धिमानी होइन । यसैले पनि स्पष्ट देखिन्छ अहिले सत्तारुढ दल वा जनता समाजवादी पार्टी दुवै संकटलाई आआफ्नो हितमा उपभोग गर्ने दाउ हेर्दैछन् ।  

भारतीय संस्थापन यति बेला अलिकति चकित र बढी नै क्षुब्ध देखिएको छ । नेपाली सेनाका ‘मानार्थ जनरल’ भारतका प्रधान सेनापतिले दुई देशबीचको सीमा विवादमा कटु टिप्पणी गर्नुले भारतीय संस्थापनको छटपटी अभिव्यक्त भएको छ । अहिले भारतीय सञ्चार माध्यममा नेपालविरुद्ध दुष्प्रचार बढाइएको छ । नेपाली जनमानसलाई उत्तेजित गराउने र नेपालभित्र यस विषयमा देखिएको एकता बिथोल्न भारतीय प्रयास केन्द्रित हुनसक्छ । अर्कातिर, भारतीय संस्थापनले दुईवटा गल्ती गर्न सक्छ – ने पालका दलहरू विशेषगरी नेपाली कांग्रेसभित्र खेल्ने र अर्को कुनै न कुनै निहुँमा मधेसी दलहरूलाई उक्साएर नाकाबन्दीजस्तै केही गरेर नेपाललाई सताउने । यसैले नेपाली कांग्रेसले भारतको जाल, नेकपाको चाल र मधेसीहरूको छल बुझ्नु जरुरी हुन्छ । यस्तो अवस्थामा नेपाली कांग्रेसले मधेसवादीहरूलाई निराश हुन नदिने तर नक्साका मामिलामा सरकारलाई पूर्ण साथ दिने रणनीतिक कौशल देखाउनुपर्छ । मधेसी दलहरूलाई कांग्रेसले स्पष्ट शब्दमा अहिले भारतीय उक्साहटमा नलागेमा संविधान संशोधनको उनीहरूको मागमा साथ दिने वचन दिनुपर्छ । राष्ट्रियता र लोकतन्त्र दुवै संकटमा भएका बेला अत्यन्त जिम्मेवारीसाथ प्रस्तुत भएर नेपाली कांगे्रसले आफ्नो इतिहास जोगाओस् ! 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ ११, २०७७  १३:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC