site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
देउखुरीका किसानले क्षतिपूर्ति पाउने
Sarbottam CementSarbottam Cement

दाङ । दाङको देउखुरीका किसानले अब क्षतिपूर्ति पाउने भएका छन् । २७७ जना गरिमा धान पीडित किसानका लागि भूमि व्यवस्था कृषि सहकारी मन्त्रालयले १५ लाख ८८ हजार रुपैयाँ विनियोजन गरेर लमही नगरपालिकालाई परिपत्र गरेको छ ।

केही दिन भित्रमा ती किसानको हातसम्म क्षतिपूर्ति रकम पुग्‍ने लमही नगरपालिका कृषि शाखा प्रमुख अमर चौधरीले बताए । लमही नगरपालिका वडा नं. ३  स्थित सनराइज एग्रिकल्चर प्रालिले देउखुरी क्षेत्रका दुई वटा एग्रोभेट सेन्टरलाई गरिमा धान भनेर बिक्री गरेको थियो । उत्पादन राम्रो हुने र नेपालको हावापानी यो जातको धानलाई सुहाउने भन्ने जानकारी पाएपछि लमही नगरपालिकाका २७७ जना किसानले यो धानको बीउ खरिद गरेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

दुई सय ७७ जना किसानले बाह्र सय सात किलो बीउ प्रयोग गरेका थिए । नक्कली गरिमा धानको बीउ लगाएका चार जना किसान लमही नगरपालिकाको कृषि कार्यालयमा सम्पर्कमा आउँन ढिला भएकाले सम्बन्धित मन्त्रालयमा विवरण पठाउन छुटेको कृषि शाखा प्रमुख चौधरीले जानकारी दिए । छुटेका चार जनालाई पनि लमही नगरपालिकाको आर्थिक विकास शाखाको बैठकले सबैलाई समावेश गराएर दिने भन्ने निर्णय भएको छ ।

गरिमा धान लगाउने किसानलाई प्रतिकिलो १३ सय १५ रुपैयाँ पैसट्ठी पैसा क्षतिपूर्ति पाउनेछन् ।  गरिमा धान भनेर खरिद गर्ने दाङमा करिब तीन सय उन्तीस जना किसान पीडित छन् । प्रालिले बितेको वैशाख र जेष्ठ महिनामा प्रति किलो दुई सय साठीमा दाङका चार वटा एग्रोभेट सेन्टरलाई बिक्री गरेको थियो ।

Global Ime bank

सांकेतिक तस्बिर

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ ११, २०७७  १२:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC