site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
प्रदेश ५ मा सबैभन्दा बढी कोरोना संक्रमण, तथ्यांकमा हेर्नुहोस् कहाँ कति संक्रमित
Sarbottam CementSarbottam Cement

काठमाडौं । कोरोना भाइरसको संक्रमण हालसम्म सबैभन्दा बढी प्रदेशमा ५ मा देखिएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीले अहिलेसम्म सबैभन्दा बढी कोरोना संक्रमण प्रदेश ५ मा देखिएको जानकारी दिए । “सबैभन्दा बढी संक्रमित प्रदेश ५ को बाँकेमा देखिएको छ,” उनले भने, “यो प्रदेशमा १४२ जना संक्रमण देखिएको छ ।” उनले प्रदेश २ का सबै जिल्लामा कोरोना संक्रमण देखिएको बताए । अहिलेसम्म ४१ जिल्लामा कोरोना संक्रमण देखिएको छ । उनका अनुसार अहिलेसम्म ५८४ जनामा संक्रमण देखिएको छ । यस्तै कोरोना निको हुनेको संख्या भने ७० पुगेको छ । ५११ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उनका अनुसार उपचाररत सबैको स्वास्थ्य अवस्था भने अहिलेसम्म सामान्य छ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट तीनजनाको मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमण तथ्यांकमा 
प्रदेश १
का ७ जिल्लामा कोरोना संक्रमण देखिएको छ । जसमा उदयपुरमा ३३, खोटाङमा १, झापा ३६, धनुकटा ७ भोजपुर १, सुनसरी ३, मोरङमा ५ जना गरी  ८६ जनामा संक्रमण देखिएको छ । जसमा २६ जना उपचारपछि घर फर्किइसकेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

प्रदेश २ का आठै जिल्लामा कोरोना संक्रमण देखिएको छ । जसमा धनुषा ९, बारा ११, पर्सा ९१, महोत्तरी ३, रौतहट २२, सप्तरी २, सर्लाही ३३, सिराहामा एकजना छन् । यस प्रदेशमा मात्र कोरोना संक्रमण देखिने कुल संख्या १७२ पुगेको छ । जसमा निको हुनेको संख्या ६ जना छन् ।

वाग्मती प्रदेशका १० जिल्लामा कोरोना संक्रमण देखिएको छ । जसमा काठमाडौं ११, काभ्रे एक, चितवन ६, धादिङ ३, भक्तपुर ४, मकवानपुर ३, रामेछाप एक, ललितपुर एक, सिन्धुपाल्चोक एक र सिन्धुली एकजना गरी ३१ जनामा संक्रमण देखिएको छ । यस प्रदेशमा निको हुनेको संख्या नौ छ ।

Global Ime bank

गण्डकी प्रदेशका तीन जिल्ला पूर्वी नवलपरासी दुईजना, लमजुङ १, बागलुङ २ गरी पाँचजनामा संक्रमण देखिएको छ । जसमा दुईजना निको भएका छन् ।

प्रदेश ५ का ६ जिल्लामा २ सय ७० जनामा कोरोना संक्रमण देखिएको छ । जसमा देखिने जिल्ला कपिलवस्तु ७७, नवलपरासी ६, बर्दिया ३, बाँके १४२, रूपन्देही ३७ दाङ ५, गरी जम्मा २ सय ७० छन् । गुल्मीका एक संक्रमितको भने मृत्यु भएको छ । जसमा निको हुनेको संख्या २२ जना छन् ।

कर्णाली प्रदेशका दुई जिल्ला दैलेख एक, सुर्खेत तीन गरी चार संक्रमित मात्र छन् । उनीहरू चारैजनाको उपचार भइरहेको छ ।

सुदूरपश्चिम प्रदेशका चार जिल्लामा कोरोना संक्रमण देखिएको छ । जसमा कञ्चनपुर १, कैलाली ७, डडेलधुरा १ र बैतडी ५ जना गरी १४ जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये पाँचजना निको भएका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ ११, २०७७  ११:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC