site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
भारतबाट फर्केकामा पीसीआर परीक्षण
Sarbottam CementSarbottam Cement

पाल्पा । सीमानामा अलपत्र  नागरिकलाई उद्धार गरिएको छ । पाल्पाका स्थानीय तहको पहलमा  कृष्णनगर र  सुनौली नाकामा अलपत्र परेकालाई पाल्पा ल्याइएको छ ।

भारतबाट फर्केकालाई कोरोना परीक्षण गरी गाउँपालिका पठाउन सदरमुकाम तानसेनमा होल्डिङ क्‍वारेन्टाइन सञ्‍चालनमा ल्याइएको छ । भारतबाट पाल्पा आउनेलाई  क्‍वारेन्टाइनमा राखी पहिलो चरणमा कोरोना परीक्षण गरेर सम्बन्धित गाउँपालिकामा पठाइएको कोरोना हेल्प डेस्कका संयोजन टुकप्रसाद भट्टराईले बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

जिल्ला जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख विश्वनाथ न्यौपानेका अनुसार भारतबाट फर्केका ६६ जनाको पीसीआर गरिएको छ । रामपुर नगरपालिकामा २४, पूर्वखोला गाउँपालिकामा २१, निस्दी गाउँपालिकामा २३, माथागढीमा तीन, रिब्दीकोट गाउँपालिकामा २, रैनादेवी छहरा गाउँपालिकामा दुई, तनहुँका एक र बाग्लुङका चार जनाको तानसेन क्‍वारेन्टाइनमा पीसीआर परीक्षण गरिएको संयोजक भट्टराईले बताए ।

कृष्णनगर र सुनौली नाकामा अलपत्रलाई शनिबार पाल्पा ल्याइएको छ । कृष्णनगर नाकाबाट २७, सुनौलीबाट २७  र बर्दघाट हुँदै भित्रिएका चार जनालाई बर्तुङ र बतासेस्थित क्‍वारेन्टाइनमा राखिएको संयोजक भटटराई बताए । तानसेनस्थित होल्डिङ क्‍वारेन्टाइनबाट २३ जनालाई गाउँपालिकामा ल्याइएको निस्दी गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुले जानकारी दिए । कोरोना परीक्षणपछि सम्बन्धित व्यक्तिलाई क्‍वारेन्टाइनमा राखिएको बताइएको छ  । -रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ ११, २०७७  ०९:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC