काठमाडौं । हाइलाइफ फुड प्रोडक्टले कोरोना भाइरसका कारण भारतबाट फर्केर क्वारेन्टाइनमा बसेकाको दैनिक खानपिनका लागि आफ्ना उत्पादनहरु वितरण गरेको छ । कम्पनीले बुटवलस्थित उद्योगबाट उत्पादित चिउरा, सोयाबिन मस्यौरा, कर्नफ्लेक्स, ओट्स लगायत खाद्य सामाग्री सहयोग गरेको हो ।
कम्पनीले बुटवल–४ मा अवस्थित कान्ति माविको क्वारेन्टाइनमा रहेका ११० जनाका लागि मिश्रित खाद्यान्न प्याकेज उक्त वडाका वडा अध्यक्ष टंकप्रसाद पराजुलीलाई हस्तान्तरण गरेको छ । यसबाट उक्त क्वारेन्टाइनमा रहेकारुले धेरै राहत अनुभव गर्र्ने विश्वास कम्पनीको छ ।
यसैगरी तिलोत्तमा–२ मा अवस्थित दुर्गादत्त माध्यामिक विधालयको क्वारेन्टाइनमा रहेका ४५ जनाका लागि त्यस वडाका वडा अध्यक्ष दधिराम गौतमलाई खाध सामाग्री हस्तान्तरण गरिएको छ । कम्पनीले यसअघि पनि सियारी गाउँपालिका–१ का ३०० विपन्न परिवारलाई एक सातालाई पुग्नेगरी उक्त वडाका वडा अध्यक्ष अरुण साहीमार्फत् खाध्य सामाग्री हस्तान्तरण गरिसकेको छ ।