site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
विदेशमा रहेका परिवारका  सदस्यलाई मनोपरामर्श
Sarbottam CementSarbottam Cement

घोराही । रोजगारीका सिलसिलामा विदेशमा रहेकाका परिवारका सदस्यलाई दाङमा फोनबाटै मनोसामाजिक परामर्श दिन थालिएको छ ।  श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रालय र स्वीस सरकारको आर्थिक सहयोगमा दाङका चार स्थानीय तहमा लागू भएको सुरक्षित आप्रवासन परियोजनाअन्तर्गत वैदेशिक रोजगारसँग जोडिएकाहरुका आफन्तलाई परामर्श दिने काम भइरहेको छ । 

विदेशमा रहेकाहरुको स्वास्थ्य, कामको अवस्था, कोरोनाले पारेको प्रभाव आदिबारे पनि परिवारका सदस्यसँग बुझ्ने र आवश्यक सहयोग, समन्वय गर्ने कार्य भइरहेको परियोजना जिल्ला संयोजक वसन्ता पुनले जानकारी दिइन् । कोरोना भाइरसको महामारीका कारण विदेशमा रहेका आफन्तको चिन्ताले मानसिक असर पर्न नदिन फोनबाट मनोपरामर्श दिने गरिएको उनले बताइन् । विदेशमा अप्ठेरामा परेकाहरुका परिवारका सदस्यमा पनि मानसिक प्रभाव पर्ने भएकाले उनीहरुलाई पनि परामर्श उपलब्ध गराउने गरिएको उनको भनाइ छ । 

Prabhu Bank
Agni Group
NIC Asia

संक्रमण फैलन नदिन लागू गरिएको बन्दाबन्दीयता जिल्लाका चार पालिका घोराही र  तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका र बबई गाउँपालिकामा एकएक मनोपरार्शकर्ताले परामर्शको काम गरिरहेका छन् । विशेषगरी विदेशमा आफन्त हुँदा यहाँ परिवारका सदस्यमा पर्न गएको मानसिक तनाव कम गर्न उनीहरुको पीडा सुन्ने गरेको घोराहीमा मनोपरामर्शको काम गरिरहनुभएका मनोपरामर्शकर्ता सुशीला आचार्यले बताइन् । 

“यहाँ परिवारको दैनिक अवस्था, विदेशमा रहेका आफन्तको अवस्था जानकारी लिने काम भइरहेको छ”,  उनले भने । यस्तो सन्त्रासका समयमा उनीहरुको परिवारका सदस्यको मनमा उत्पन्न हुने असहज अवस्थालाई कम गर्न प्राथमिक मनोशिक्षा दिने काम भइरहेको छ । विदेशमा रहेकाहरु समस्यामा परेको भए समाधानका लागि स्थानीय तहमार्फत सरकारसँग समन्वय गर्ने कार्य पनि गरिएको परियोजनाका वित्तीय साक्षरता सहजकर्ता रमा शर्माले जानकारी दिइन् । विदेशमा रहेकाका परिवारको लकडाउनका कारण दैनिक छाक टार्न समस्या भए राहत उपलब्ध गराउनका लागि सम्बन्धित वडा कार्यालय र स्थानीय तहमा समन्वय गरिदिने काम परियोजनाले गरिरहेको उनको भनाइ छ । 
 
परियोजनाअन्तर्गत जिल्ला प्रशासन कार्यालय दाङमा सुरक्षित आप्रवासन सूचना केन्द्र स्थापना गरेर परामर्शको काम भइरहेको छ । लकडाउनपछि राहदानी बनाएकाहरुलाई सुरक्षित वैदेशिक रोजगारी तथा कोरोनाको कारण वैदेशिक रोजगारमा भइरहेको गतिविधिबारे जानकारी दिने बताइएको छ । रासस 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ १०, २०७७  १४:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC