site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
पूर्वयुवराज पारस चढेको गाडीले पोखरामा गोरुलाई ठक्कर दियो
Sarbottam CementSarbottam Cement

पोखरा । पूर्वयुवराज पारस शाह चढेको गाडी झन्डै दुर्घटनामा परेको छ । पोखराको सडकमा शनिबार बिहानपख उनी चढेको गाडीले गोरुलाई ठक्कर दिएको थियो । गोरुलाई ठक्कर दिएको गाडी ठूलो दुर्घटनाबाट जोगिएको प्रहरीले जनाएको छ ।
उनी चढेको गाडीले ठक्कर दिँदा सडकमा रहेको गोरु मरेको छ । 

शनिबार बिहानपख साढे दुई बजे पृथ्वीचोकमा पारस शाहको बा १४ च २१३१ नम्बरको गाडीले गोरुलाई ठक्कर दिएको हो । गोरुलाई ठक्कर दिएपछि गाडी ठूलो दुर्घटनाबाट जोगिएको प्रहरीले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

घटना हुँदा उक्त गाडीभित्र पारस शाहसहित तीनजना व्यक्ति सवार थिए । तर, गाडी भने पारस शाहले भने नचलाएको प्रहरीले जनाएको छ ।  वडा प्रहरी कार्यालय बैदामा डीएसपी यादव ढकालले उक्त गाडी अशोक गुरुङले चलाएको जानकारी दिए । उनका अनुसार चालक गुरुङ अहिले प्रहरी नियन्त्रणमा नै थिए ।

तर, ढकालले चालकसहित अन्य दुइजना प्यासेन्जर सवार रहेको बताए । “दुर्घटनामा चालकसँग सरोकार हुन्छ नि त, हामीले अन्य यात्रुको जानकारी लिएनौँ,” उनले भने । उनले नाम नलिएता पनि प्रहरी स्रोतले भने पारस शाहसहित अन्य दुइजना रहेको पुष्टि गरेको छ ।

Global Ime bank

लकडाउन त्यसमाथि पनि मध्यरातमा दुर्घटना भएको उक्त गाडी कहाँ जाँदैथियो त भन्ने प्रश्नमा ढकालले भने, “उपचार गर्न हिँड्नुभएको उहाँहरु, हस्पिटल जाँदै गर्दा दुर्घटना भएको रहेछ ।” बिरामी को भन्ने प्रश्नमा उनले भने, “तपाईले बुझिसक्नुभयो ।” पारस शाह बिरामी भएर अस्पताल जाँदै गर्दा दुर्घटना भएको भन्ने प्रहरीको जानकारी छ ।

दुर्घटनापछि प्रहरीले चालकको स्वास्थ्य परिक्षण पनि ग¥यो । तर, मादक पदार्थ, लागु पदार्थ सेवन गरेको नपाइएको ढकालले जानकारी दिए ।

अन्तिममा उनले भने, “तपाइँले बुझ्नुभयो । उहाँ प्यासेन्जर हो तर गाडी उहाँको भए पनि उहाँले चलाएको होइन । उपचारको लागि जाँदैगर्दा दुर्घटना भएको हो, सामान्य हो ।” प्रहरीले यसलाई नितान्त दुर्घटना मात्रै रहेको बताएको छ । थप अनुसन्धान चलिरहेको उनले जानकारी दिए ।

यस विषयमा सुरुमा जिल्ला प्रहरी कार्यालयका प्रवक्तासँग बुझ्न खोज्दा डीएसपी दीपक केसीले सुरुमा घटनाबारे अनभिज्ञता प्रकट गरे ।  पारस शाह केही महिनायता पोखराको लेकसाइडस्थित एक होटलमा बस्दै आएका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ १०, २०७७  १४:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC