site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
पत्रकारका लागि कोरोना कोष
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

गुल्मी । नेपाल पत्रकार महासङ्घ गुल्मीले कोरोना रोकथाम तथा उपचारका लागि कोष स्थापना गर्ने निर्णय गरेको छ । महासङ्घ जिल्ला कार्यसमितिको शुक्रबार साँझ बसेको बैठकले जिल्लामा क्रियाशील पत्रकार एवं सञ्चारकर्मीका लागि रु डेढ लाखको कोरोना कोष स्थापना गर्ने निर्णय गरेको हो ।

पछिल्लो समय सञ्चारकर्मीमा पनि कोरोना संक्रमण देखिएकाले महासंघकै भवनलाई आइसोलेशन हाउस बनाउने निर्णय गरिएको पत्रकार महासंघ गुल्मीका अध्यक्ष नवराज भुसालले बताए । 

पत्रकार महासंघ गुल्मीले जिल्लामा क्रियाशील सञ्चारकर्मी र सञ्चारगृहलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । प्रतिपत्रकारलाई २० थान मास्क र दुई मिलिलिटर सेनिटाइजर तथा प्रतिसञ्चारगृहलाई एक सय थान मास्क र एक लिटर सेनिटाइजर वितरण गरिएको पत्रकार महासंघका उपाध्यक्ष अनिल खत्रीले जानकारी दिए । पत्रकार महासंघ गुल्मीलाई नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालय, प्रेस काउन्सिल, एकीकृत ग्रामीण विकास समाज, स्वास्थ्य कार्यालय, धुर्कोट गाउँपालिका, गुल्मी उद्योग वाणिज्य संघ र महेश फर्माले ती स्वास्थ्य सामग्री सहयोग गरेका थिए । रासस 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ १०, २०७७  १२:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC