site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
क्वारेन्टिनमा सुत्ने व्यवस्था महानगरको, खाना स्वयंको
Sarbottam CementSarbottam Cement

चितवन । भरतपुर महानगरपालिकाका सबै वडामा कोरोना भाइरसको जोखिम हुन नदिन धमाधम क्वारेन्टिन स्थापना भइरहेको छ । अधिकांश वडामा क्वारेन्टिन स्थापना भइसकेका छन् भने केहीमा निर्माणको अन्तिम चरणमा छन् । सबै वडामा न्यूनतम १० श्ययाको क्वारेन्टिन स्थापना गरिएको भरतपुर महानगरपालिकाका प्रवक्ता अरुण पीडित भण्डारीले जानकारी दिए । उनले महानगरपालिकाको निर्देशनअनुसार २० बढी  वडामा क्यारेन्टिन स्थापना भइसकेको बताए ।  

“हरेक क्वारेन्टिनमा सामाजिक दूरी कायम हुने गरी श्यया राखिएको छ”, उनले भने, “महानगरले सुत्ने व्यवस्था गरेको छ, खानाको व्यवस्था स्वयं व्यक्तिले गर्नुपर्नेछ ।” उनले परिवार नभएकाहरुको हकमा भने सबै व्यवस्था महानगरले गर्ने बताए । विशेष गरेर भारतबाट आएकाहरुलाई अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था गरिको उनले बताए । महानगरमा पहिलो चरणमा २९० श्ययाको क्वारेन्टिन निर्माण हुने र आवश्यकताका आधारमा बढाउँदै लैजाने उनले जानकारी दिए ।  

Prabhu Bank
Agni Group
NIC Asia

यसैबीच वडा नं ६ स्थित केशरबागमा शुक्रबार दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि  महानगरपालिकाले थप सतर्कता अपनाएको छ । आफ्नै स्थानीय तहमा सङ्क्रमितको सङ्ख्या देखिइसकेपछि थप नगरवासीमा सङ्क्रमण देखिन नदिन महानगरले शुक्रबारदेखि नै थप सतर्कता अपनाउँदै लकडाउन अवधिभर घरभित्रै बसिदिन महानगरले महानगरवासीलाई आग्रह गरेको छ । सङ्क्रमणको जोखिम झन् बढ्दै गएकाले सबैले धैर्यताका साथ घरभित्रै बसेर सहयोग गरिदिन महानगरले सूचना जारी गरेको छ ।

पसल तथा व्यवसाय गर्नेहरुले पनि स्थानीय प्रशासनले तोकेको निश्चित समयसम्म मात्रै सञ्चालन गर्न महानगर प्रमुख रेनु दाहालले आग्रह गरे । शुक्रबार थप दुई जनामा कोरोना सङ्क्रमण देखिएपछि चितवनमा मात्रै कोरोना सङ्क्रमितको सङ्ख्या पाँच पुगेको छ । रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ १०, २०७७  १२:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC