site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
डेढसय शव विदेशमै अलपत्र
Sarbottam CementSarbottam Cement

काठमाडौं । वैदेशिक रोजगारीका लागि विदेश गएर मृत्यु भएका डेढसय नेपालीको शव विश्वव्यापी महामारी कोरोना भाइरससिर्जित परिवेशका कारण उतै रोकिएको छ । सरकारले अन्तर्राष्ट्रिय उडान र सीमा सिल गरेका कारण यसअवधीमा मृत्यु भएका २०७ जनाको शव नेपाल ल्याउन नपाइएको हो ।

जसमध्ये ५८ जनाको परिवारले उतै अन्त्येष्टि गर्न सहमति दिएका छन् भने बाँकी १४९ शव श्रम गन्तव्यमै रोकिएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

वैदेशिक रोगार बोर्डका अनुसार यसअवधीमा १० नेपाली कारमदारको मृत्य कोभिड–१९ संक्रमणबाट भएको छ ।

वैदेशिक रोगार बोर्डका अनुसार यस अवधीमा सबैभन्दा बढी मृत्य साउदी अरेबियामा भएको छ । साउदीमा १ महिला र ४८ पुरुषले ज्यान गुमाएका छन् । संयुक्त अरब इमिरेट्स (यूएई)मा ४२ पुरुष र ४ नेपाली महिला कामदारको मृत्यु भएको छ ।

Global Ime bank

जसमध्ये ५ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । साउदीमा कोरोना संक्रमणबाट ज्यान गुमाउने संख्या तीन छ ।

लकडाउनको अवधीमा हालसम्म मलेसियामा ४४, कतारमा ४१, कुवेतमा ११, बहराइनमा ३, सेसेल्समा १, दक्षिण कोरियामा ३, ओमानमा १ र अन्य देशमा ७ जना नेपाली कामदारको मृत्यु भएको वोर्डले जनाएको छ । कोरोनाले मृत्यु हुनेहरु कतार, टर्की र अर्को एउटा देशमा छन् ।

शव अन्त्येष्टिका लागि ५८ परिवारले सहमति दिएका छन् । सरकारले विदेशमा मृत्यु भएकाहरूको शव सोही देशमा अन्त्येष्टि गर्ने अनुमति दिए परिवारलाई सान्त्वना राहत स्वरुप ५० हजार रुपैयाँ दिने निर्णय गरेको थियो । अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लागेपछि मृत्यु भएकाको शव नेपाल ल्याउन समस्या भएपछि कामदारका परिवारलाई यस्तो सुविधा दिने निर्णय गरिएको थियो ।

विदेशमै अन्त्यष्टि गर्ने सहमति प्राप्त भएका शव यूएईमा ३२, साउदीमा ७, मलेसियामा २, कतारमा ६, दक्षिण कोरियामा ३ र अन्य देशमा १० जनाको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ १०, २०७७  ०८:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC