विदेश
काठमाडौं । विश्व स्वास्थ्य संगठनले दक्षिण अमेरिका कोरोना भाइरस संक्रमणको नयाँ केन्द्र बनेको बताएको छ । दक्षिण अमेरिकी देश ब्राजिल कोरोनाको चपेटामा छ ।
ब्राजिलमा तिव्र गतिमा कोरोना संक्रमण फैलिरहेको छ । ब्राजिलमा २१ हजार भन्दा धेरैको कोरोनाका कारण मृत्यु भइसकेको छ । संक्रमितको संख्या ३ लाख ३० हजार ८९० पुगिसकेको छ । यो अमेरिका पछि संक्रमित धेरै हुने दोस्रो राष्ट्र हो ।
प्रकाशित मिति: शनिबार, जेठ १०, २०७७ ०८:१५
प्रतिक्रिया दिनुहोस्