२४ घण्टामा विश्वमा १ लाख ७ हजार ७०६ संक्रमित थपिए

२४ घण्टामा विश्वमा १ लाख ७ हजार ७०६ संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वमा १ लाख ७ हजार ७०६ कोरोना संक्रमित थपिएका छन् । सबैभन्दा धेरै अमेरिकामा २४ हजार १८७ संक्रमित थपिएका छन् । 

ब्राजिलमा १९ हजार ९६९ संक्रमित २४ घण्टामा थपिँदा भारतमा ६ हजार ५६८, रुसमा ८ हजार ८९४, बेलायतमा ३ हजार २८७ संक्रमित थपिएका छन् । 

हालसम्म संक्रमितको संख्या ५२ लाख ९८ हजार १९७ मा कोरोना संक्रमण देखिसकेको छ । यसमध्ये २१ लाख ५६ हजार २८८ जना निको भएर घर फर्किसकेका छन् । 

हाल २८ लाख २ हजार ४९१ संक्रमितको उपचार भइरहेको छ । यसमध्ये ४४ हजार ५८३ संक्रमितको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । 
 

प्रतिकृया दिनुहोस
ad