पाकिस्तानमा भएको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ५४

 पाकिस्तानमा भएको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ५४

इस्लामावाद । पाकिस्तान विमान दुर्घटना मृत्यु हुनेको संख्या पुगेको छ । लाहुरबाट शुक्रबार दिउँसो २:३० बजे उडेको विमान मुलुकको दक्षिणी सहर कराचीमा दुर्घटना भएको हो । 

पाकिस्तान इन्टरनेशनल एयरलाइन्सको ए३२० को एयरबस दुर्घटनामा ५४ जनाको शव भेटिएको अधिकारीहरुले बताएका छन् । 

पाकिस्तानी स्वास्थ्य मन्त्रालयका प्रवक्ता मिरान युसुरुका अनुसार विमानमा सवार कम्तिमा पनि दुई जना बाँच्‍न सफल भएका छन् । ९१ जना यात्रु र ८ जना चालकदलका सदस्य रहेको विमान आवासीय क्षेत्रमा दुर्घटना भएकोले मृत्यु हुनेको संख्या बढ्‍नसक्ने बताइएको छ । 

उनले अहिलेसम्म तीनवटा शवमात्रै पहिचान गर्न सकिएको जानकारी दिइन् । बाक्लो आवासीय क्षेत्र मोडेल कोलोनीमा विमान दुर्घटना हुँदा उक्त क्षेत्रमा कम्तिमा ६ जना रहेको बताइएको छ ।

विमान दुर्घटनाको कारण भने पत्ता लाग्‍न सकेको छैन । - अलजजिरा 


 

प्रतिकृया दिनुहोस
ad