site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
यस्तो छ तपाईंको यो साताको राशिफल 
Sarbottam CementSarbottam Cement

२०७७ ज्येष्ठ १० – १६ गतेसम्म 
ज्येष्ठशुक्लप्रतिपदा – सप्तमीसम्म 
१० गते दशहरास्नानारम्भ, गोसाइकुण्डस्नानारम्भ, 
११ गते चन्द्रोदय, द्विपुष्कर, 
१३ गते मंगलचौथीव्रत, 
१५ गते गणतन्त्रदिवस, कुमारषष्ठी, सिथिनखः 
भ.पु. चण्डीभगवतीयात्रा, 
१६ गते कुमारयात्रा, 

मेष : साताको अधिकांश दिन अनुकूल रहनेछन् । शनि, रविबार बोलीवचनमा प्रभाव बढ्नेछ । सोम, मंगलबार सामाजिक काममा संलग्न भइनेछ । यश मिल्नेछ । बुध, बृहस्पतिबार भयप्रद रहनेछ । शुक्रबार बौद्धिक काम गरिनेछ । 

वृष : साता अनुकूल रहनेछ । शनि, रविबार भाग्यवर्धक कार्यसिद्धि हुनेछ । सोम, मंगलबार आर्थिक कारोबार हुनेछ । खानपानका विशेष परिकार प्राप्त हुनेछ । बुध, बृहस्पतिबार निर्णायक कामको जिम्मा बढ्नेछ। शुक्रबार मनमा दुविधा बढ्न सक्छ । 

Prabhu Bank
Agni Group
NIC Asia

मिथुन : साताको सुरु बाहेक बाँकी सबै दिन अनुकूल रहनेछन् । शनि, रविबार खर्चिलो रहन सक्नेछ । सोम, मंगलबार भाग्योदय हुनेछ । पढाइ लेखाइले गति लिनेछ । बुध, बृहस्पतिबार अर्थशक्ति र वाक्शक्ति बढ्नेछ । शुक्रबार उपयुक्त कार्यशैली र निर्णय गरिनेछ । 

कर्कट : साताको अधिकांश दिन अनुकूल रहनेछन् । शनि, रविबार नवीन आयस्रोत जुट्नेछ । मन प्रसन्न रहनेछ सोम, मंगलबार मुख्य काममा व्यवधान आउन सक्नेछ । बुध, बृहस्पतिबार उच्चस्तरीय कार्यप्रदायक रहनेछ । शुक्रबार मीठो बोलीले प्रसन्ता प्रदान गर्नेछ । 

Global Ime bank

सिंह : साताको प्रायः दिन अनुकूल रहनेछन् । कडा संघर्षका साथ आटेको काममा सफलता मिल्नेछ । सोम, मंगलबार आयआर्जन र विद्याबुद्धि बढ्नेछ । मन प्रसन्न हुनेछ । बुध, बृहस्पतिबार शिथिल प्रायः रहनेछ । शुक्रबार भाग्यवर्धक अवसर प्रकट हुनेछ । 

कन्या : साता सार्थक रहनेछ । शनि, रविबार धर्मकर्म गरिनेछ । मनमा शान्ति प्राप्त हुनेछ । सोम, मंगलबार कामकाज सजिलै बन्नेछ । बुध, बृहस्पतिबार सबैतिरबाट अनुकूल र लाभदायक रहनेछ । कार्यगत तीव्रता थपिनेछ । शुक्रबार शिथिल प्रायः रहनेछ । 

तुला : साताको सुरु बाहेक बाँकी सबै दिन अनुकूल रहनेछन् । शनि, रविबार अनावश्यक घमण्डले दुःख दिन सक्नेछ । सोम, मंगलबार आध्यात्मिक क्षेत्रमा रुचि बढ्नेछ । स्वास्थ्य पनि अनुकूल रहनेछ । बुध, बृहस्पतिबार मानसम्मान प्राप्त हुनेछ । शुक्रबार लाभदायक काम बन्नेछ ।

वृश्चिक : साताको अधिकांश दिन अनुकूल रहनेछन् । शनि, रविबार अत्यन्त सहज र सुखद यात्रा हुनेछ । प्रियजनसँग भेटघाट हुनेछ । सोम, मंगलबार मन विथोलिन सक्नेछ । बुध, बृहस्पतिबार धार्मिक कार्यमा मन जानेछ । शुक्रबार लाभैलाभ हुनेछ । 

धनु : साताको प्रायः दिन अनुकूल रहनेछन् । शनि, रविबार शत्रु परास्त हुनेछन् । आटे ताकेको काम सजिलै बन्नेछ । सोम, मंगलबार व्यापार व्यवसाय र पारवहन कार्य सहज रहनेछ । बुध, बृहस्पतिबार अनावश्यक घमण्ड बढ्न सक्छ । शुक्रबार दानपुण्यले मनमा सन्तोष मिल्नेछ । 

मकर : साता प्रबल रहनछ । शनि, रविबार मनमा चिन्ता कम हुनेछ । बौद्धिक काम हुनेछ । शरीर तन्दुरुस्त रहनेछ । सोम, मंगलबार शत्रु पराजित हुनेछन् । मावलीबाट सहयोग मिल्नेछ । बुध, बृहस्पतिबार व्यवसाय फस्टाउनेछ । शुक्रबार शिथिल रहनेछ । 

कुम्भ : साताको सुरु बाहेक बाँकी सबै दिन अनुकूल रहनेछन् । शनि, रविबार त्रासपूर्ण रहनेछ । सोम, मंगलबार बुद्धिविवेक निकै व्रिmयाशील रहनेछ । प्रतिस्पर्धा सार्थक रहनेछ । बुध, बृहस्पतिबार दीर्घकालीन कामको सोच बढ्नेछ । शुक्रबार पारिवारिक सहयोग प्राप्त हुनेछ । 

मीन : साताका प्रायः दिन अनुकूल रहनेछन् । शनि, रविबार निर्णायक कामको जिम्मा बढ्नेछ । यश, कीर्ति मिल्नेछ । सोम, मंगलबार भयप्रद रहनेछ । बुध, बृहस्पतिबार बुद्धिवर्धक काम हुनेछ । प्रतिस्पर्धामा सफलता मिल्नेछ । शुक्रबार मावलीबाट सहयोग मिल्नेछ । 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ १०, २०७७  ०४:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC