site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
नयाँ पीसीआर मेशिन ल्याइयो
Ghorahi CementGhorahi Cement

राजविराज । राजविराज र जनकपुरधामका लागि प्रदेश नं २ सरकारले किनेका दुई नयाँ मेशिन आज आएका छन् । जनकपुरधाममा रहेको पीसीआर मेशिनले पटक–पटक धोका दिएपछि तेस्रो पटक नयाँ मेशिन आएको हो भने राजविराजका लागि पहिलोपटक मेशिन आएको हो । पीसीआर मेशिन र सोसँगै लाग्ने अन्य सहायक उपकरण राजविराज र जनकपुर पुगिसकेका प्रादेशिक प्रयोगशालाका प्रमुख रामविनय साहले जानकारी दिए ।

प्रदेश मन्त्रिपरिषद्ले जनकपुरधाम, विरगञ्ज र राजविराजमा परीक्षण ल्याब सञ्चालन गर्ने निर्णय दुई महिना अगाडि गरेको थियो । निर्णयअनुरुप वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालमा गत वैशाख २३ गतेदेखि पीसीआर मेशिनबाट कोरोना भाइरसको परीक्षण भइरहेको छ ।

भारतसँग सिमाना जोडिएको प्रदेश नं २ का आठ जिल्लामा कोरोनाको सङ्क्रमण बढ्दै गएपछि राजविराज र जनकपुरमा पीसीआर मेशिन ल्याइएको आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले जानकारी दिए ।

Agni Group

जनकपुरमा दोस्रो पटक ल्याइएको पीसीआर मेशिनले समेत स्वाब परीक्षणको रिपोर्ट फरक दिएपछि विगत दुई हप्तादेखि प्रयोगशाला बन्द गरिएको थियो ।  पीसीआर प्रयोगशाला जनकपुर र राष्ट्रिय प्रयोगशाला टेकु काठमाडौंमा स्वाब परीक्षण गर्दा फरक रिपोर्ट आएपछि पहिलो र दोस्रो पीसीआर मेसिनसमेत बन्द गरिएको थियो । 

पीसीआर मेशिन बन्द हुँदा विगत दुई सातादेखि जनकपुर, महोत्तरी, सर्लाही, सिरहामा गरिएको स्वाब सङ्कलन परीक्षणका लागि काठमाडौँ पठाउनुपर्ने र रिपोर्टका लागि एक सातासम्म कुनुपर्ने बाध्यता थियो । सप्तरीमा सङ्कलन गरिएको स्वाब परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाउनुपर्ने र तीन दिन पर्खनुपर्ने अवस्था थियो । 

Global Ime bank

प्रयोगशालामा जडान गर्न राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा आज साँझ मेशिन आएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा चुमनलाल दासले बताए ।

दुवै स्थानमा सोमबारदेखि आरटी पीसीआर सञ्चालनमा आउने प्रादेशिक प्रयोगशालाका प्रमुख साहले जनाकारी दिए । उक्त मेसिनको क्षमता चार घण्टामा ९६ जनाको स्वाब परीक्षण गर्ने रहेको जनाइएको छ । प्रदेश नं २ का प्रयोगशालामा पीसीआर प्रविधिबाट परीक्षण गरिएपछि त्यसलाई पुनः यकिन गर्न काठमाडौं पठाइने गरिएको छ ।

प्रदेश सरकारले उपचार तथा परीक्षणको कार्यलाई थप दुरुस्त बनाउन गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल राजविराजलाई ल्याब सञ्चालन, जनशक्ति परिचालन तथा औषधि एवं अन्य सामग्री खरिदका लागि रु ५० लाख र वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचाररत कोरोना सङ्क्रमितलाई पोषणयुक्त खाना र खाजाको व्यवस्थापनका लागि रु २५ लाख निकासा गरेको छ ।

प्रदेश सरकारले नेपाली सेनाद्वारा सञ्चालन हुने गरी राजविराज र बारामा कम्तीमा ५०० श्ययाको प्रादेशिक क्वारेन्टाइन निर्माण गर्नसमेत नेपाली सेनाले उपलब्ध गराएको इस्टिमेटअनुसार रकम उपलब्ध गराउने निर्णय गरेको छ । 

त्यसैगरी विरगञ्जमा विदेशबाट आउने नागरिकलाई राख्न ५०० श्ययाको होल्डिङ क्वारेन्टाइनसमेत नेपाली सेनाले नै सञ्चालन गर्ने गरी आवश्यक रकमको व्यवस्थासमेत गरेको छ ।     
प्रदेश सरकारले कोरोना सङ्क्रमितको सङ्ख्यामा तीव्र वृद्धि भइरहेको अवस्थामा स्थानीयस्तरमै कन्ट्रयाक्ट ट्रेसिङ मार्गदर्शनका लागि अभिमुखीकरण सञ्चालन गर्ने र विभिन्न जिल्लाका विभिन्न स्थानमा गई ‘केस इन्भेस्टिगेशन’ गर्नसमेत आवश्यक बजेटको व्यवस्थापन गरेको छ । - रासस

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०७७  २२:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC