site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
प्रदेश सभासदस्यसहित ११ को पीसीआर रिपोर्ट नेगेटिभ
Ghorahi CementGhorahi Cement

रूपन्देही । प्रदेश नं ५ को प्रदेशसभा सचिवालयमा बिहीबार आरडीटी विधिमा कोरोना पोजेटिभ देखिएकाहरुको पीसीआर विधिबाट गरिएको परीक्षणमा भने आज नेगेटिभ देखिएको छ । 

प्रदेशसभाको छैटौँ अधिवेशन आजदेखि शुरु हुने मिति तय भएपछि सचिवालयले प्रदेशसभा सदस्य, मन्त्री, सुरक्षाकर्मी, चालक र प्रदेशसभामा नियमित रिपोर्टिङमा जाने पत्रकारसमेतको आरडिटी गरेकामा ११ जनाको पोजेटिभ देखिएको थियो ।  

Agni Group

उक्त परीक्षणमा प्रदेशसभाका दुई सदस्यसहित मन्त्रीका सवारी चालक, प्रदेशसभामा सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीलगायत ११ जनाको आरडीटी पोजेटिभ देखिएपछि सबैलाई बुटवलस्थित कोरिया नेपाल टेक्निकल इन्टिच्युटमा निर्माण गरिएको आइसोलेशन सेन्टरमा राखेर पिसिआर विधिबाट शुक्रबार परीक्षण गरिएको हो । 

आज गरिएको परीक्षणमा दुई प्रदेशसभा सदस्यसहित सबैको नेगेटिभ नतिजा आएको प्रदेशसभामा सभामुखका प्रेस सल्लाहकार गणेश वलीले जानकारी दिए । बिहीबारको आरडिटी रिपोर्ट पोजेटिभ देखिएपछि आजको पहिलो दिनको प्रदेशसभा बैठकमा दुवै सदस्य अनुपस्थित थिए । - रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०७७  २१:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC