ऐना

ऐना

ऐना

चाहनाको उचाइमा
मन पनि कस्तो 
कस्तो छ ऐना
पूर्ण रुपमा कोही
मनलाई नै बनाइदिन्छ ऐना
ऐनालाई सुम्पिन्छ केही
न अस्वीकार गर्छ न त स्वीकार नै !

ऐनासँग माग्छौ भने केही
त्यसले केही लिँदैन, न त दिन्छ नै
फ्याँक्दैन पनि केही
कस्तो छ ऐना
मन कस्तो छ
चाहनाको उचाइमा...


० ० ०

साथी

साथी
केही रक्सी
केही चुरोट
केही लापरवाही
केही धुवाँ
केही दायित्वहीनता
सोच्छौ होला यही नै विशेष हो
तर साथी
मर्नेछौ मर्नेछौ
शून्य उमेर–

मृत्युपछि
तिमी के
तिमी नै रहन्छौ, साथी–
दृश्य अदृश्य हुने छ
शरीर सुन्दरताको पहेली बन्ने छ
बाँचिरहने छ
आगोको चमक
बन्द उचाइ
जीवन रङ्गशाला हो
तिमी कहाँ छौ
गजदन्त मिनारमा या
कुनै बन्द उचाइभित्र
मिनारलाई ढाकिदिएको छ बादलले
मिनार जीर्ण भएको छ
उचाइ ढल्दै गएको छ
टुट्दै गएको आदर्शको उचाइ
र, तिमी
नार्सिसस, आफैंमा
व्यस्त
झुटो
झुटो स्वर्ग । 

(भारतको असममा सन् १९२६ मा जन्मिएका भूपेन हजारिका कविताका साथै गीत–सङ्गीतमा पनि उत्तिकै प्रख्यात छन् । उनले पद्म भूषणका साथै सङ्गीत–नाटक अकादमी रत्न सम्मान र दादा साहब फाल्के पुरस्कार पनि पाएका थिए । उनको निधन २०११ मा भयो ।) 
 

प्रतिकृया दिनुहोस
ad