site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
हात धुनोस् 
Ghorahi CementGhorahi Cement

हात धुनोस् 

साबुनपानीले मिचीमिची हात धुनोस्
आफ्ना पाप पखाल्नोस् 
नेताहरू, शासकहरू, सम्पन्नहरू
मसिनो मीठो एक गाँस मुखमा लैजाँदा 
ती खान नपाएकाहरूको खस्रो जीवन
विपन्न श्रमिकको भोक सम्झनोस्

Agni Group

हात धुनोस् मिचीमिची 
आफ्ना पाप पखाल्नोस् 
मन्त्रीहरू, शासकहरू मीठा चिप्ला वक्तव्य दिन बन्द गर्नोस् 
फोस्रा आश्वासन स्वाद मानीमानी बक्न छाड्नोस् 
काममा ध्यान दिनोस्, 
सीमाक्षेत्रमा राज्यविहीन सरह 
कष्ट भोगिरहेका नागरिकहरू सम्झनोस् 
केही सार्थक गर्नोस् 
राहत दिनोस् कोरोनाविरुद्ध 
लकडाउन गरेर सुत्ने काम छाड्नोस् 
हात धुनोस् साबुन पानीले मिचीमिची 
गरेका पाप पखाल्नोस् ।

० ० ०

Global Ime bank

जिजीविषा निभेको छैन 

हामीले गाउने गीतहरू अवरुद्ध भएका छैनन्
नैराश्यको सङ्क्रमणले लखेटे पनि 
गीतहरू फेरि रचिनेछन् अपराजेय मान्छेका 
हामी नयाँ गीतहरू रच्न समय लिँदै छौं 
गीतमा नयाँ मान्छेको जन्मकथा व्यक्त गर्न लागिरहेछौं
सन्दर्भहरू बदलिए पनि मान्छेको जिजीविषा निभेको छैन 
गीतहरूमा मान्छेको नयाँ यात्रारम्भको उद्घोष छ । 

हामी आर्तनादहरूका बीचमा मृत्युभय बाँचिरहेछौं
उज्यालो पनि पश्चिममा डुबेको सूर्यसँगै हराएको लागिरहेछ 
तर मान्छेका लागि रूखहरू फेरि बौरिएका छन्, 
खोलाहरू सङ्लिएका छन्, चराहरू निस्सीम आकाशमा 
उल्लसित हुँदै उडिरहेछन् 
प्रकृति फेरि जागेको छ मान्छेका लागि 
हिमालहरू तुवाँलो फोरेर सङ्लो दृश्यमा सग्लै आइरहेछन् 
जीवनले हामीलाई पुनः डाकिरहेछ क्रन्दनका बीचमा पनि 
पराजय स्वीकार नगर्न हामीलाई दुःखले परीक्षण गरिरहेछ 
मान्छे नयाँ यात्राका लागि यातनाको खेप बिसाइरहेछ ।

हजारौं किलोमिटर नाङ्गै खुट्टा भोकैप्यासै हिँडेर देश खोज्दै
मान्छे घरतिर फर्किरहेछ बाँझो जग्गा फोर्न 
लहलह नयाँ बालीको कल्पनामा ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ १०, २०७७  ०५:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC