site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
एकैदिन ५९ कोरोना संक्रमित थपिए, संक्रमित संख्या ५१६
Ghorahi CementGhorahi Cement

काठमाडौं । नोभेल कोरोना भाइरसका ९ जना संक्रमित थपिएका छन् । 

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणका क्रममा मकवानपुरको हेटौंडा-३ का ५४ वर्षीया महिला र भक्तपुरका ४२ वर्षीया महिलासहित सप्तरीका एक जना र  बारका ६ जनामा कोरोना देखिएको हो । 

शुक्रबार साँझ विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणका क्रममा सप्तरीका बलान-बिहुल गाउँपालिकाका ३५ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको हो । 

Agni Group

त्यसैगरी किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा गरिएको परीक्षणका क्रममा बाराको सिमरनगढ नगरपालिकाका २२, २७, ३०, ३४, ३८ र ४५  वर्षका परुषमा कोरोना देखिएको हो ।

यसअघि शुक्रबार बिहान ३० जना र दिउँसो २० जनामा कोरोना देखिएको थियो । आजमात्र ५९ जनामा कोरोना देखिएपछि कोरोना संक्रमितको संख्या ५१६ पुगेको छ ।

Global Ime bank

यसअघि शुक्रबार दिउँसो सुदूरपश्‍चिमा पाँच, बाँकेका १४ र मोरङमा एक जनामा कोरोना देखिएको थियो । 

शुक्रबार बिहान नवलपरासी वर्दाघाट सुस्ता पूर्व विनय त्रिवेणी गाउँपालिका ६ का ४५ वर्षका पुरुष, भरतपुर महानगरपालिका ६ केसरबाघ चितवनका ७४ वर्षका पुरुष र ७३ वर्षकी महिलामा कोरोना संक्रमण देखिएको थियो । त्यसैगरी नवलपरासी सुस्ता गाउँपालिका ५ र रामग्राम नगरपालिका ३ र १८ का ३३ र ३५ वर्षका पुरुष तथा १५ वर्षिय महिलामा पनि कोरोना संक्रमण देखिएको थियो । 

कपिलबस्तु वाणगंगा नगरपालिका मायादेवी गाउँपालिका निवासी २४, २५, २७, २९, ३४, ३६, ४५ र ५३ वर्षिय पुरुषहरु तथा ८ वर्षिया बालिकामा पनि शुक्रबार बिहान कोरोना देखिएको थियो । सर्लाही गाडैता नगरपालिका ८, ९, ११, १३ र १४ तथा रामनगर बहुअर्वा गाउँपालिका ७ निवासी २२, २२, २४, २५, २५, २७, ३२, ३४, ३५, ३८, ३८, ३८ र ३९ वर्षका पुरुष तथा १८ वर्षिय महिलामा करोना देखिएको थियो ।

शुक्रबार कोरोना संक्रमणबाट २१ जना डिस्चार्ज भएका छन् । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०७७  २०:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC