site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
अभिनेत्री सोनाक्षीविरुद्ध धोका दिएको आरोपमा मुद्दा
Sarbottam CementSarbottam Cement

मुरादावाद । अभिनेत्री सोनाक्षी सिन्हाले धोका दिएको आरोपमा मुद्दा दर्ता गरिएको छ । आरोपपत्र दायर भएको करिब एक वर्षपछि अन्तत मुरादाबादस्थित कटघर प्रहरी चौकीले उनी विरुद्ध मुद्दा दर्ता गरेको हो । 

इन्डिया फेसन एण्ड ब्यूटी अवार्ड नामक इभेन्ट कम्पनीका सञ्‍चालक प्रमोद शर्माले सोनाक्षीविरुद्ध गत वर्षमै उजुरी दिएका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

उनका अनुसार दिल्लीमा आयोजित एक कार्यक्रममा अभिनेत्री सोनाक्षी सिन्हाको प्रस्तुतीका लागि उनका म्यानेजरमार्फत सम्झौता गरिएको थियो । सम्झौता बमोजिम सोनाक्षीलाई करिब ३५ लाख एडभान्स पनि बुझाएको थियो । 

तर, अन्तिम समयमा सोनाक्षी कार्यक्रममा उपस्थित भइनन् र उनलाई बुझाएको पारिश्रमिक पनि फिर्ता नभएपछि शर्माले उजुरी दिएका थिए । 

Global Ime bank

उजुरी दिएको महिनौ बित्दा पनि कटघर प्रहरीले सुनुवाई नगरेपछि शर्माले पीएम, सीएम र अधिकारीहरुलाई बारम्बार ट्विट गर्न थालेपछि अन्तत कटघर प्रहरीले मुद्दा दर्ता गरेको हो । -नवभारत टाइम्स


 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०७७  २०:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC