site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
'अहिले भाइरसको उत्पत्ति, प्रसार र षडयन्त्रका सिद्धान्तहरूमा अल्झने बेला होइन'
Sarbottam CementSarbottam Cement

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले कोभिड–१९ विरूद्धको लडाइँमा एसियाली देशहरूले ठूलो सामर्थ्य देखाएको बताएका छन् । विश्वका शक्तिसम्पन्‍न, स्वास्थ्य सेवा चुस्त, दुरुस्त भएका राष्ट्रसमेत हायलकायल भएका बेला एसियाली देशहरूले कोरोना विरूद्धको लडाइँमा एक प्रकारले शक्ति र सामर्थ्य देखाएको उनको निष्कर्ष छ ।

एसियाली देशहरूको अन्तर्राष्ट्रिय सम्मेलन (आइक्याप) लाई स्‍काइपको माध्यमबाट सम्बोधन गर्दै नेता खनालले एसियाली राष्ट्रहरूले स्रोत र विज्ञान, प्रविधिको उचित प्रयोग गर्दै आपसमा सौहार्दपूर्ण सहकार्यको उत्कृष्ट नमुना प्रदर्शन गरेको बताएका हुन् ।

“विश्वव्यापी स्वास्थ्य आपतकालीन यस घडीमा राजनीतिक दलहरू र सरकारहरूबीच सहकार्य र एकता आवश्यक छ,” उनले सम्बोधनका क्रममा भने, “कोरोना महामारीको विरूद्ध लड्न आ—आफ्ना सरकारहरूलाई प्रोत्साहित गर्न, एसियाली राजनीतिक दलहरूकोबीचमा आपसी समझदारी, सहयोग र सामूहिक कार्य महत्तवपूर्ण  हुन आउँछ ।  एसियाली राजनीतिक दलहरू र नेताहरूले एसियाली देशहरूकाबीचमा मात्र सहकार्य जुटाउन नभई एसिया बाहेकका अन्य देशहरूसँग पनि महत्त्वपूर्ण भूमिका खेल्न सक्छन् ।”

Prabhu Bank
Agni Group
NIC Asia

खनालले अहिले सिद्धान्तमा अल्झने बेला नभएको तर्क गरेका छन् । मानव र प्रकृतीबीचको विश्वव्यापी सम्बन्ध निष्पक्ष र न्यायसङ्गत हुनु आवश्यक रहेको उनको भनाइ  छ । “विश्वका सबै देशहरूले विगतका पाठहरूलाई आत्मसाथ गर्दै आफ्ना प्रयासहरुलाई अगाडि बढाउनुपर्ने देखिन्छ । मानव र प्रकृतीबीचको विश्वव्यापी सम्बन्ध निष्पक्ष र न्यायसङ्गत हुनु आवश्यक छ । यस संकटको घडीमा महामारीविरूद्ध लड्न सबै मानवीय प्रयासहरू  कोरोना नियन्त्रणमा केन्द्रित गर्नुपर्दछ साथै विभिन्न देशहरु बीचमा भइरहेका शक्ति संघर्ष र युद्धहरु तुरुन्त रोक्नुपर्दछ ।”

भाइरस विरुद्धको लडाईं सँगसँगै अत्यावश्यक वस्तुहरूको उत्पादन र आपूर्ति समेत नियमित हुनुपर्ने खनालले बताएका छन् ।

Global Ime bank

“यो समय भाइरसको उत्पत्ति, प्रसार र त्यससँग सम्बन्धित षडयन्त्रका सिद्धान्तहरूमा अल्झने र चिन्तन मनन गर्ने समय होइन । यो समय भनेको भाइरसविरूद्ध  लड्न र आपसी तालमेल बनाउने, उचित खोपका लागि थप अनुसन्धान गर्ने र आपसी मानवियता बचाउनु  नै हो,” आइक्यापको स्थायी समिति सदस्य रहेका खनालले सम्बोधनका क्रममा भने ।

कोरोनाले हालसम्म विश्वभरी ३ लाख ३० हजारभन्दा बढीको ज्यान लिइसकेको बताउँदै खनालले विश्वको अर्थतन्त्र तहसनहस पारेको उल्लेख गर्न भ्याए । यसले गम्भीर आर्थिक चुनौती खडा गरेकाले त्यससँग जुध्न झनै कठिन हुने उनको निष्कर्ष छ । 

“उत्पादनका सबै क्षेत्रहरू र आपूर्तिका शृङ्खलाहरू अवरुद्ध भएका छन् । काम गरिखाने वर्गका मानिसहरु विशेषगरी आप्रवासी कामदारहरुका लागि यो महामारीको समय अत्यन्त कठिन भएको छ र उनीहरुले सबैभन्दा कष्टकर जीवन भोगिरहेका छन्,” खनालले सम्बोधनका क्रममा भने, “कोरोना महामारी विश्वव्यापीरूपमा अझैं फैलने क्रममा छ र महामारी कहिले नियन्त्रण हुन्छ भन्ने कुराको अनुमान गर्ने स्थिति समेत बनेको छैन । यद्यपि, चीन र रिपब्लिक कोरियाजस्ता केही देशहरूले कोरोना भाइरसको फैलावटलाई नियन्त्रण गर्न उल्लेखनीय सफलताहरू प्राप्त गरेका छन् ।  हामीले यी देशहरूलाई बधाई दिनुपर्दछ ।  भाइरस बिरूद्धको लडाईमा उनीहरूको अनुभव अन्य देशहरूका लागि समेत उपयोगी हुनेछ ।”

कार्यक्रम सम्मेलन अध्यक्ष आइक्यापका संस्थापक अध्यक्ष जोसे डी भेनेसियाको अध्यक्षतामा भएको थियो । सम्बोधनका क्रममा खनालले नेपालको अवस्था पनि चित्रण गरेका थिए ।

मार्च २४ पछि मुलुक बन्दाबन्दी (लकडाउन)को अवस्था विद्यमान रहेको बताउँदै हालसम्म पाँच सयबढी सङ्क्रमित र ३ जनाको मृत्यु भएको तथ्याङ्क प्रस्तुत गरेका थिए ।

“नेपाल सरकारले ७५ हजारभन्दा बढी क्वारन्टाइनहरू निर्माण गरेको छ । यसको अलावा देशैभरी आइसोलेसन वार्ड र प्रयोगशालाहरूको राम्रो व्यवस्थापन गरेको छ । हालसम्म १ लाख १८ हजार परीक्षणहरू गरिएका छन् । उपयुक्त स्रोतको अभाव हुँदाहुँदै पनि भाइरस नियन्त्रणको लागि आवश्यक स्वास्थ्य सेवासँग सम्बन्धित पूर्वाधारहरू देशैभरी विस्तार भइरहेका छन् ।  हाम्रो दक्षिण छिमेक भारतमा कोरोना व्यापक रूपमा फैलिएको छ । एकातर्फ भारतमा काम गर्दै आएका नेपाली कामदारहरूको ठूलो सङ्ख्या नेपाल फर्कने क्रममा छ र अर्कोतर्फ अनियमित र छिद्रयुक्त सिमाना भएको कारणले आज नेपाल ठूलो जोखिम र असुरक्षाको स्थितिमा छ,” उनले नेपालको अवस्था बताएका थिए ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०७७  १९:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC